top_rightads

Wednesday, November 12, 2014

पुछ्रेतारामा मानव निर्मित बाहन अवतरण

 



पुच्छ्रे तारामा, पहिलो पल्ट एउटा मानव निर्मित बाहन अवतरण भएर अन्तरिक्ष सम्बन्धी एउटा सहासी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
त्यस अघि युरोपेली अन्तरिक्ष एजेन्सीले भनेको थियो, फीले नामको उक्त अन्वेषण वाहन र त्यसको मुख्य यान रोजेटाबीचको सबै सम्पर्क चालु हालतमा रहेको जानकारी प्राप्त भएको छ र उक्त वाहनको अवतरण उपकरणहरु पनि तयार छन्।
लुगाधुने मेशिन जत्रो आकारको उक्त अन्वेषण वाहन र झण्डै दुई किलोमिटर फराकिलो उक्त पुच्छ्रे तारा पृथ्वीबाट आधा अर्ब किलोमिटर भन्दा टाढाको दुरीमा रहेका छन्।
चार अर्ब बर्ष भन्दा पुरानो रहेको ठानिएको उक्त पुच्छ्रे तारामा रहेको हिउं र धुलोको प्रत्यक्ष विश्लेषणबाट हाम्रो सौर्य प्रणालीको निर्माणबारे आधारभूत तथ्यहरु हासिल हुने अनुमान गरिएको छ।
औचित्य
उक्त पुच्छ्रेतारामा पठाइएको यो अन्वेषण अभियानले हाम्रो अस्तित्व र क्रमिक विकासबारे आधारभूत प्रश्नहरुको जवाफ खोज्न सघाउने छ


टमस रेइटर, प्रमुख, युरोपेली अन्तरिक्ष अपरेसन्स केन्द्र
सन् १९८० को दशकमा परिकल्पना गरिएको यो अन्तरिक्ष अभियान अन्तरगतका यानहरुलाई एकदशक अघि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो र त्यसका लागि एक अर्ब डलर भन्दा बढी खर्च लागेको छ।
युरोपेली अन्तरीक्ष अपरेसन्स केन्द्रका प्रमुख तथा भूतपूर्व अन्तरिक्ष यात्री, टमस रेइटर भन्छन्, यस्तो महत्वपूर्ण कार्यका लागि त्यस्तो खर्च खासै ठूलो विषय होइन।
उनले भने, “उक्त पुच्छ्रेतारामा पठाइएको यो अन्वेषण अभियानले पृथ्वीमा जीवनको शुरुआत यहीँबाट भयो कि त्यस्ता पुच्छ्रेताराहरुले बाहिरी अन्तरिक्षबाट जीवन पृथ्वीमा ल्याएका हुन्, भन्ने जस्ता हाम्रो अस्तित्व र क्रमिक विकासबारे आधारभूत प्रश्नहरुको जवाफ खोज्न सघाउनेछ र मेरो विचारमा यसका लागि भएका खर्चको औचित्य यसरी वास्तवमै पुष्टि हुन्छ।“

No comments:
Write comments