अहिलेकी चर्चित नायिका केकी अधिकारी, उनका निर्देशक बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्ने ३५ दिने सूचनामा सिभिल बैंकले निकालेको छ ।
केकीका बाबु र आमाले घर कर्जा शिर्षकमा सिभिल बैंकको ताकेता विभागले उक्त सूचना मंसिर २ को नागरिक पत्रिकामा प्रकाशित गरेको हो । केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं. ६ सिट नं. १०२–१०३० कित्ता नं. १९३ को २२२.५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख छ, जसमा केकी अधिकारी जमानीकर्ता छिन् ।
सिभिल बैंकले ३५ दिने सूचनाको व्यहोरामा घर कर्जा मार्फत लिएको रकम तिर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको उल्लेख गरिएको छ । बैंकले समयमा नै कर्जा चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने व्यहोराको सूचना प्रकाशित गरेको हो ।
सेलिबे्रटीको नाम यसरी सार्वजनिक सूचनामा आएको यो पहिलोपटक भने होईन । केहि समयअघि गायक रामकृष्ण ढकालको घर लिलामीको सूचना लालिगुराँस सहकारीले प्रकाशित गरेको थियो ।
http://www.zestkhabar.com/2014/11/18/8056
Monday, November 17, 2014
नायिका केकी अधिकारी ऋण नतिर्नेको ३५ दिने सूचनामा
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments