Thursday, November 13, 2014
काठमाडौंमा जग्गाको मूल्य प्रतिआना ७ हजार
२८ कात्तिक, काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्याङकन तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
सरकारले साउनदेखि नै नयाँ मूल्याङकन गरेपनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको छ ।
सरकारले काठमाडौंको केशरमहलद्धारदेखि पश्चिम ठमेल हुँदै क्षेत्रपाटीचोकसम्म, इन्द्रचोक, हनुमोनढोका, असन, जमल, माइतीघर, सिंहदरबार पश्चिम गेट कमलादी, सुन्धारा न्यूरोड सुन्धारा लगायतका स्थानको जग्गाको मूल्य प्रतिआना ४० लाख सम्म तोकेको खबर आजको कारोबार दैनिक ले छापेको छ ।
कुपन्डोल, पुल्चोक धोबीघाट, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल, कसुन्ती, कुमारीपाटी लगायतका मुल सडक जोडिएको जग्गाको प्रतिआना ७ लाख ५६ हजार रुपैयाँ मूल्याङकन राखिएको छ ।
सबैभन्दा कम मूल्य चाबहिल मालपोत कार्यलयअन्तर्गतको नाङ्लेभार गाविसमा सडक नभएको जग्गालाई प्रतिआना ७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
http://www.nepaliheadlines.com/2014-11-14-02-06-42.html#sthash.0Yv8NCRy.dpuf
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments