एजेन्सी । अहिले पनि धेरैको सपनाकी रानीका रुपमा रहेकी चर्चित भारतीय नायिका ऐश्वर्या राय बच्चन जीवनको संघर्ष पूर्ण अवस्थामा निकै दुःख पाएकी थिइन् ।
जव उनले मोडलिङ सुरु गरिन्, उनलाई धेरैले पत्याएका थिएनन्, की उनीमा यती धेरै क्षमता छ भनेर । सन् १९९४ मा मिस भारत को उप–विजेता बनेकी उनी सोही वर्ष विश्व सुन्दरीको ताज पहिरिन सफल भइन् ।
यसपछि उनको सफलताले विस्तारै उचाइ लिन थालेको हो । भारतको कर्नाटक राज्यको मध्यम परिवारमा उनको जन्म भएको थियो । उनलाई त्यो परिवारबाट मुम्बइमा गएर मोडलिङका लागि संघर्ष गर्नु कम्ती चुनौतिपूर्ण थिएन ।
कक्षा नौ मा पढ्दा नै मोडलिङको अफर पाएकी ऐश्वर्याले कोकाकोला र फुजीको मोडलिङबाट करीअर सुरु गरेकी थिइन् । तर, त्यो क्षेत्रीय स्तरको मात्र थियो । सन् १९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि भने उनलाई चर्चित अमेरिकी म्यागजीनले कभर पेजमा राखेको थियो ।
त्यसपछि भने ठूला ठूला विज्ञापन एजेन्सीहरुले उनीमाथि आँखा लगाउन थाले । सन् १९९३ मा अमिर खानसँग कोकाकोलाको विज्ञापन खेलेपछि उनको चर्चा थप चुलियो । कुनै सयम नर्चित नायक सलमान खानसँग हिमचिम बढाएकी उनले सलमानलाई पतिकै रुपमा हेर्ने गरेकी थिइन् ।
तर, धेरै युवतीसँग रमाइलोमा झुम्ने स्वभाव भएका सलमानसँग उनको सम्बन्ध धेरै टिक्न सकेन । अन्ततः भारतको चलचित्र क्षेत्रमा सबैको सम्मान पाएको बच्चन परिवारमा उनको मिलन हुन पुग्यो । अभिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग उनको विवाह भयो ।
हाल उनको एक छोरी समेत हिड्न थालिसकेकी छन् । तर, उनको सुन्दरताले अहिले पनि विश्व हल्लाउन भने छाडेको छैन । उनले मोडलिङमा संघर्ष थाल्दै गर्दा उनले दिएका पोजहरु अहिले पनि जीवन्त नै देखिन्छन् ।
www.nepalsandesh.com
No comments:
Write comments