top_rightads

Sunday, November 9, 2014

अण्डकोष सबैभन्दा विशिष्ठ मानव तन्तु रहेको नयाँ तथ्य

 

testes


मानिसको अण्डकोष सबैभन्दा विशिष्ठ मानव तन्तु रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
रोयल इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले मानव सरीरका कुन तन्तुमा कुन प्रोटिन सक्रिय हुन्छ भन्ने तथ्यको खोज गर्ने क्रममा अण्डकोषको यस्तो विशेषता पत्ता लगाएका हुन् ।
मानव सरीरका तन्तुहरुमा हुने प्रोटिन सम्बन्धि विस्तृत नक्सा दी ह्युम प्रोटिन एटलासका अनुसार अण्डकोषका तन्तुहरुमा ९ सय ९९ वटा प्रोटिन विशेषरुपमा सक्रिय हुन्छन् ।
प्रोटिन सक्रियताको हिसाबले अण्डकोष यस्तो तन्तु हो जहाँ सबैभन्दा बढि प्रोटिन सक्रिय हुन्छन् । मस्तिष्कको बाहिरी भागमा ३ सय १८ र कलेजोमा १ सय ७२ वटा प्रोटिन सक्रिय हुने वैज्ञानिकको भनाइ छ ।
वैज्ञानिकहरुका अनुसार मानव सरीरमा हुने प्रोटिन मध्ये ७७ प्रतिशत प्रोटिन अण्डकोषको तन्तुमा रहने गरेको छ ।
स्मरण रहोस् अण्डकोषको मुख्य काम शुक्रकिट उत्पादनका साथै हर्मोनको उत्पादन गर्नु हो ।

www.onlinekhabar.com/2014/11/204795/#sthash.WuMcDImt.klrFIX89.dpuf

No comments:
Write comments