निर्भीक नारायण भुर्तेल,एक्काईसौ सताब्दीको प्रविधि विकाससंगै नेपाल आगाडी बढीरहेको छ तर अझै पनि सहरमा झै गाउँमा प्रविधिको समान विकास हुन भने सकिरहेको छैन । सहरका कुना कुना सम्म पुगिसकेका संचारमाध्यमहरु गाउँका ति डाडा पाखाका हरीयाली बस्तिहरुमा पुगेका भने छैनन् ।
भनिन्छ कुनै पनि व्यक्तिहरुको प्रतिभालाई माथिसम्म पुर्याउने सारथी संचारमाध्यम हो । संचारमाध्यमकै कारण धेरै व्यक्तिहरुको जिवनी आज विश्वमै उच्च स्थान मा छ तर गाउँका बस्ति भित्र लुकेका उदाउदा प्रतिभाहरु आज अस्ताउने क्रममा धेरै भेटीरहेका छन । यसको मुख्य कारण संचारमाध्यमहरुले गाउँका बस्ति भित्रका प्रतिभा समेट्न नसक्नु हो ।
अहीलेको परिस्थितीलाई नियालेर हेर्ने हो भने याथार्थ प्रतिभाहुने व्यक्तिहरु भन्दा पैसाले आफ्नो नाम चर्चामा ल्याउन उदायका व्यक्तिहरु मिडीयामा छाईरहेका छन ।
हाम्रो समाजमा पैसाले कोही गायक बनेका छन त कोही नायक तर यथार्थमा बुझ्ने हो भने पैसाले चर्चामा आउने ति व्यक्तिहरु न हाँस्य कलाकार (महँ जोडी) हरि वंश आचार्य र मदनकृष्ण श्रेष्ठ नै बन्न सक्छन , न साहित्यकार झमक घिमिरे नै । किनकी उनिहरुसंग आफ्नो आन्तरिक क्षमताको प्रतिभा नभई पैसाले किनेको देखावटी प्रतिभा हुन्छ। जो संग यथार्थ प्रतिभा छ जस्ले यो समाजको निम्ति केही गर्न चाहान्छन उनिहरु भने सधै पछाडी परिरहेका छन ।
आफ्नो जिवनलाई साहित्यिक लेखन माध्यम बाट अगाडी बढाई समाजको एउटा आदर्श व्यक्ति बन्ने चाहाना धेरैको हुन्छ तर कमै व्यक्तिहरु मात्र यसमा सफल भएका हुन्छन।
यसैक्रममा आफु भित्र भएको क्षमतालाई बाहिर ल्याउने अवसर नपाएका गाउँ बस्ति भित्र लुकेका प्रतिभाहरुको खोजिको क्रममा मैले हजारौ साहित्यिक मनहरुलाई भेट्ने मौका पाए ।
यिनै साहित्यिक मनहरु मध्ये मैले बस्ति भित्रै लुकेकी असिम प्रतिभाकी धनि जस्ले आफ्नो समाज परिवर्तनको लागि सानै देखी कलम चलाउदै आईरहेकी पर्वत जिल्ला भोर्ले गाविसमा स्थित एक साधारण परिवारमा जन्मेकी नेपाल आमाकी छोरी लक्ष्मि भुसाल लाई भेट्ने अवसर पाए । पछिल्लो समय चितवनको भरतपुर स्थित मैया देवी गल्स कलेजमा विविएस तेश्रो वर्षमा अध्यनरत लक्ष्मि भुसालले कक्षा छ,सात देखीनै विभिन्न विधामा कथा,कविता ,गजल जस्ता साहित्यक लेखन कार्यमा सक्रियता देखाउदै आएकी छन । स्कुलमा हुने प्राय सबै कार्यक्रममा भागलिने उनले थुप्रै कार्यक्रममा पुरस्कार समेत हात पारीसकेकी छन । बोल्ने शैलिमा प्रखर भएकी उनि कुनै पनि कुराको उत्तर दिनु अघि धैर्यताका साथ सोच बिचार गरी तार्कीक उत्तर दिने गर्दछिन । उनका अनुसार डाडा पाखामा घास दाउरा बोकी उकालि र ओराली गर्दा गुनगुनाउने भावनालाई कापीको पानामा कोर्ने गरेको तर विभिन्न विधाका दर्जनौ लेखहरु अहिले सम्म कापीको पानामै सिमित रहेको बताउछिन।
साच्चै उनका प्रत्येक लेख रचनाहरुमा देश प्रतिको माया , चिन्तन र सबैमा सन्देश पुग्ने भावहरु समेटीएका छन । उनले लेखेको पहिलो कविता”प्रेरणा” ले मानव जातिलाई निकै सत्यता र यथार्थताको सन्देश दिएको छ ।
उनले प्रेरणाको पहिलो हरफमा लेखेकी छन-
उनले प्रेरणाको पहिलो हरफमा लेखेकी छन-
बलिरहेको एउटा मैनबत्तिलाई हेर,
जल्छ आफु सकिन्छ पग्लिएर ।।
तर रहुन्जेल वरिपरि उज्यालो दिलाएको,
प्रेरणा लिए तिमी त्याग र बलिदानको ।।
जल्छ आफु सकिन्छ पग्लिएर ।।
तर रहुन्जेल वरिपरि उज्यालो दिलाएको,
प्रेरणा लिए तिमी त्याग र बलिदानको ।।
एउटा बलिरहेको मैन बत्तिबाट हामीले पाठ सिक्नु पर्छ जस्ले बिना स्वार्थ अरुलाई उज्यालो दिदै आफु मरिरहेको छ तिमी पनि कुनै स्वार्थ विना अरुलाई सहयोग गर तर बदलाको सोच कहिल्यै नलिनु । त्याग र बलिदानको प्रेरणा लिए पर्कै पनि तिमी महान बन्नेछौ भन्ने सन्देश दिएकी छन् । यसरी पाँच हरफ सम्म लेखिएको उनको “प्रेरणा” कविताका पुरै हरफहरुमा उदाहरण सहितका सन्देश भेटीन्छन । उनले लेखेका लेख, गजल, कविता, कथाहरु सबैमा यस्तै परिवर्तित सन्देशमुलक भाव पाईन्छन । आज सम्म दर्जनौ साहित्यक रचनाहरु लेखेकी उनले प्रेरणाको अन्तिम हरफमा भनेकी छन –
संगीत छर्दै खस्ने झरनालाई हेर,
बहन्छ यो कठोर पहाडको छाती चिरेर ।
छेक्दैन कसैले हरदम छ आफ्नो मार्ग पहिल्याएको,
प्रेरणा लिए तिमी अटुट साहसको ।।
बहन्छ यो कठोर पहाडको छाती चिरेर ।
छेक्दैन कसैले हरदम छ आफ्नो मार्ग पहिल्याएको,
प्रेरणा लिए तिमी अटुट साहसको ।।
बास्तवमै उनका यि हरफहरुमा विश्लेषण गर्ने कुनै ठाउँ भेटीदैनन् । उनले मानव भए पछि संघर्ष गर्नु पर्छ, कसैको धम्किमा नडराई निर्भीक भई आफु अगाडी बढ्ने साहस लिनु पर्छ त्यसपछि मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौ त्यसैले तिमी साहसको अठोट गर , निस्वार्थ सेवा गर, आफ्नो काम कर्तव्यमा जिम्मेवारीका साथ अगाडी बढी कर्तव्यबोधको पालना गर र एउटा असल स्वाभिमानी व्यक्ति बन्ने प्रेरणा गर अनिमात्र मानव भएको महसुस गर्ने छौ तिमी भन्ने भाव प्रकट गरेकी छन । आफ्ना लागि सबै बाचेका छन , आफ्नो खुसी सबैले चाहान्छन तर तिमी अरुको लागि पनि बाच्न सिक , अरुको खुसीको लागि पनि प्रेरणा बन तिम्रो सानो साथ सहयोगले अरुकोही खुसी र सुखी रहन्छन भने त्यो भन्दा महान काम तिमी बाट अरु केही हुन सक्दैन तिमी देश र जनताको प्रेरणा बन भन्ने सन्देश कविता मार्फत दिएकी छन ।
यसरी नै हरेक बिधामा सन्देश दिदै देशप्रतिको भाव समेटी लेख्ने उनको साहित्य लेखन कार्य सधै अगाडी बढोस सबैको साथ सहयोग र सहकार्य कायम रहोस र लक्ष्मि भुसाल जस्तै बस्ति भित्रका हजारौ साहित्यिक मनहरु सम्म संचारमाध्यमहरु पुगोस । उनिभित्रको साहित्य लेखन क्षमता साहित्यकार पारीजातको जस्तै भएको हुदा उनको साहित्य लेखनलाई आत्म सम्मान गर्दै भोलिको दिनमा साहित्यकार
“लक्ष्मि भुसाल” बनुन हाम्रो यही शुभ कामना छ ।
“लक्ष्मि भुसाल” बनुन हाम्रो यही शुभ कामना छ ।
अन्त्यिमा उनले लेखेको पहिलो कविता “प्रेरणा” को पुरा हरफहरु —
बलिरहेको एउटा मैनबत्तिलाई हेर,
जल्छ आफु सकिन्छ पग्लिएर ।।
तर रहुन्जेल वरिपरि उज्यालो दिलाएको,
प्रेरणा लिए तिमी त्याग र बलिदानको ।।
बलिरहेको एउटा मैनबत्तिलाई हेर,
जल्छ आफु सकिन्छ पग्लिएर ।।
तर रहुन्जेल वरिपरि उज्यालो दिलाएको,
प्रेरणा लिए तिमी त्याग र बलिदानको ।।
खुल्ला हृदय बोकेको धर्तीलाई हेर,
बस्न दिएको छ सारा प्राणीलाई खुवाएर ।
छैन कसैसंग बदलामा केही मागेको,
प्रेरणा लिए तिमी नि:स्वार्थ सेवाको ।।
बस्न दिएको छ सारा प्राणीलाई खुवाएर ।
छैन कसैसंग बदलामा केही मागेको,
प्रेरणा लिए तिमी नि:स्वार्थ सेवाको ।।
छाती फुलाएर ठडिएको हिमाललाई हेर,
हुरी, बतास, झरी गर्मी केही अगाडी बस्दैन झुकेर ।
सधै छ आफ्नो शिर ठाडो पारी उभिएको,
प्रेरणा लिए तिमी स्वाभिमानको ।।
हुरी, बतास, झरी गर्मी केही अगाडी बस्दैन झुकेर ।
सधै छ आफ्नो शिर ठाडो पारी उभिएको,
प्रेरणा लिए तिमी स्वाभिमानको ।।
अँध्यारो चिर्दै उदाउने घामलाई हेर,
दिनभर प्रकाश छर्दछ साँझ जान्छ अस्ताएर ।
छैन कहिल्यै अाफ्नो नित्यकर्मबाट चुकेको,
प्रेरणा लिए तिमी कर्तव्यबोधको ।।
दिनभर प्रकाश छर्दछ साँझ जान्छ अस्ताएर ।
छैन कहिल्यै अाफ्नो नित्यकर्मबाट चुकेको,
प्रेरणा लिए तिमी कर्तव्यबोधको ।।
संगीत छर्दै खस्ने झरनालाई हेर,
बहन्छ यो कठोर पहाडको छाती चिरेर ।
छेक्दैन कसैले हरदम छ आफ्नो मार्ग पहिल्याएको,
प्रेरणा लिए तिमी अटुट साहसको ।।
बहन्छ यो कठोर पहाडको छाती चिरेर ।
छेक्दैन कसैले हरदम छ आफ्नो मार्ग पहिल्याएको,
प्रेरणा लिए तिमी अटुट साहसको ।।
http://butwalonline.com
No comments:
Write comments