top_rightads

Friday, December 5, 2014

घाँटीमा खुकुरी राखेर हिन्दू राष्ट्रका लागि मर्छु र मार्छु भन्ने यी को हुन् ?

 

santaकाठमाण्डु, १९ मंसिर– ‘हिन्दू राष्ट्र स्थापनाको अभियानमा जुटेका केही व्यक्तिले आफूहरु मर्न र मार्न तयार रहेको चेतावनी दिएका छन् ।
‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’ ले शुक्रबार काठमाण्डुको तिनकुनेमा गरेको कार्यक्रममा उनीहरुले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा सन्तश्री  निवास आचार्यले हिन्दू राष्ट्र नभए  आफूहरु मर्न र मार्न पछि नपर्ने धम्की दिए ।
शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै रत्नपार्ककको अनसनबाट बलपूर्वक हटाइएकामा आपत्ति जनाउँदै फेरि अनसन थाल्ने उदघोष गरे ।
सभामा सन्त आचार्यका साथै हिन्दू राष्ट्र संघर्ष समिति संयोजक हरिबोल भट्टराई, माधव भट्टराई, कुमार रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले नेपाल हिन्दू राष्ट्र कायम नभएसम्म आन्दोलन नरोकिने बताए ।
- kathmandutoday.com

No comments:
Write comments