top_rightads

Friday, December 5, 2014

आफ्नै आमाले बच्चा जन्माउने बित्तिकै खान खोजेपछि...

 

चीनको ग्वाङ्दोङ प्रान्तस्थित शेन्झेन शहरको एक अस्पतालमा महिलाले बच्चा जन्माउने वित्तिकै आफ्नै बच्चा खान खोजेको खुलासा भएको छ । अस्पतालका अधिकारीहरुले बच्चा खान खोज्ने महिलामाथि अनुसन्धान थालेका छन् ।

मानसिकरुपमा विरामी भनिएकी ती महिलाले आफ्नै बच्चा खान खोजेपछि नर्सहरुले बचाएका थिए ।

सुत्केरी ब्याथा लागेपछि पनि सडकमा हिँडिरहेकी ती महिलालाई अस्पताल पुर्‍याइएको थियो । परिवारलाई खवर गर्न खोजिरहेकी नर्स सुत्केरी महिला भएको कोठामा पुग्दा उनले आफ्नै बच्चालाई टोकिरहेको भेटेपछि हतपत खोसेकी थिइन् ।



नर्सले बच्चा खोस्दा पनि ती महिलाले आफ्नो बच्चाको खुट्टा टोक्दै लैजान नदिएको ती नर्सले बताइन् । अस्तालका प्रवक्ताले पनि अस्पतालमा भएको घटना अहिले सम्म कहिल्यै पनि नभएको र निक्कै डरलाग्दो घटना भएको बताए ।

आफ्नै बच्चाको खुट्टा टोकिरहेकी ती महिलाका दाँत खुट्टाबाट छुटाउन डाक्टरहरुले समेत संघर्ष गर्नु परेको थियो ।
ती महिला केही हप्ता देखि सडकमै भौंतारिइरहेको र उनलाई परिवारले वेवास्ता गर्दा मानसिकरुपमा विक्षिप्त भएको समेत बताइएको छ । त्यसैकारणले ती महिलाले बच्चा मार्न चाहेको हुन सक्ने अनुमान अस्पतालका अधिकारीहरुले गरेका छन् । एजेन्सी

No comments:
Write comments