काठमाडौ–नेकपा माओवादीका संयोजक नेत्रबिक्रम चन्दसहितका नेता कार्यकर्तालाई निगरानीमा राख्न नेपाल प्रहरीलाई गृहमन्त्री बामदेव गौतमले निर्देशन दिएका छन् । राज्यले आफुहरुलाई दमन गरे बन्दुक उठाउने चेतावनी दिदै आएका विप्लवलाई सवैभन्दा बढि निगरानी गर्न गृहमन्त्रीले आइजीपी उपेन्द्रकान्त अर्याललाई निर्दशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशनपछि नेकपा माओवादीका नेता कार्यकर्तालाई प्रहरीले निगरानीमा राख्न थालेको छ । तर संयोजक विप्लवको सेल्टर भने प्रहरीले पत्ता लगाउन नसकेको जानकारी गृहमन्त्रालयलाई गराएको छ । उनी कहाँ र को सँग के गरिरहेका छन त्यसको जानकारी तत्काल आफुलाई दिन गृहमन्त्रीले आईजीपीलाई निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको प्रतिआतंकवाद नियन्त्रण महाशाखा, आईजीपी अर्यालको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो सक्रिय भएको छ । सक्रिय प्रहरीको टोलीले चन्द लगायतका नेताहरुको निगरानी बढाउदै उनीहरुको गतिविधी नियाली रहेको छ । दिनभर पाएको सुचना साँझ गृहमन्त्री गौतमलाई दिने गरेको गृहमन्त्रालय स्रोतले बताएको छ ।
आगमी पुसमा महाधिबेशन गर्न लागेको नवगठित नेकपा माओवादीले जिल्ला तहको संगठन निर्माणमा लागि रहेको छ । चन्द पक्षका बलियो भएको जिल्लामा पनि सुरक्षा निगरानी बढाउन गृहमन्त्रालले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । अनलाइन दैनिक
No comments:
Write comments