नयाँ दिल्ली, मङ्सिर १६ – एक गुडिरहेको बसमा आफूमाथि छेडछाड गर्ने पुरुषलाई कुटपिट गर्ने दुई दिदीबहिनीको कार्यको भिडियो सार्वजनिक भएपछि उनीहरूले सोमबार पैसा र प्रशंसा प्राप्त गरेका छन् ।
२२ तथा १९ वर्षीया आरती तथा पूजा कुमारी नाम भएकी यी दिदीबहिनीलाई गत साता उनीहरू भीडयुक्त बसमा हरयाणा राज्यको आफ्नो घर रोहतक फर्किरहेको समयमा यी पुरुषहरूले छेडछाड गरेका थिए ।
यी दिदीबहिनीले ती पुरुषको विरोध गरेका थिए भने उनीहरूबीच हात हालाहाल भएको थियो । यसपछि उनीहरूले पनि आफ्नो पेटी तथा हातको प्रयोग गरेका थिए । यसो गर्दा अन्य यात्रु भने दर्शक मात्र भएका थिए ।
एक गर्भवती यात्रुले उक्त घटनाको चित्र आफ्नो मोबाइल फोनमा खिचेकी थिइन र उनले सामाजिक सञ्जालमा त्यसलाई राखिदिएपछि भारतको अनेकौँ २४ घण्टे टेलिभिजनले त्यसलाई अनेकौँपटक देखाए । आइतबार प्रहरीले ती पुरुषहरूलाई पक्राउ गरेको बताइएको छ ।
धेरैले यी दिदीबहिनीको बहादुरीको प्रशंसा त गरे उनीहरूले दर्शक भएर बस्ने यात्रुको आलोचना पनि गरे । उक्त घटना हुँदा केही यात्रु भने हाँसिरहेको उक्त भिडियो चित्र देखाइएको छ ।
ट्विटहरूमा यी बहादुर दिदीबहिनीको प्रशंसा गरिएको छ भने ती हाँसिरहेको दर्शकको आलोचना गरिएको छ ।
भारतमा सन् २०१२ मा एक गुडिरहेको बसमा सामूहिक बलात्कारमा परि ज्यान गुमाएकी २३ वर्षीया छात्रालाई ‘ब्रेभहार्ट’ को नाम दिइएको छ ।
घटनामा पक्राउ परेका आरोपीहरु
केहीले यस घटनाले अरुलाई पनि यस्ता घटनामा आफूलाई विरोधमा उभ्याउन अभिप्रेरित गर्ने बताएका छन् । भारतमा महिलाले दैनिक रूपमा यस्ता दुव्र्यवहार भोग्नु पर्ने देखिएको छ ।
रोहतकका प्रहरी प्रवक्ता वेद सिंह नैनले शुक्रबार भएको यस घटनाका विषयमा छिटो अनुसन्धान गरिने बताउनुभयो । यी महिलाले ती पूरुषले आफूलाई दुव्र्यवहार गरेको तर आफूहरूले सहन नसकेको बताए ।
हरयाणाका मुख्यमन्त्री एम.एल. खट्टरले यी महिला प्रत्येकलाई ३१ हजार भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । उहाँले यसले अरुलाई यस विषयमा संवेदनशील बनाउने बताउनुभयो ।
उनले पत्रकारहरूलाई यी बालिकाहरूले गरेको काम प्रशंसायोग्य भएको बताए । एजेन्सी
No comments:
Write comments