चलचित्रको पर्दामा अगाडि नदेखिएकी मोडल रिमा विश्वकर्मा म्यूजिक भिडियोमा भने जमिरहेकी छिन् । उनै रिमाले मोडलिङ गरेको एक भिडियो सार्वजनिक भएको छ ।
उदित नारायण झा र दीपा झाको स्वरमा समावेश ‘सागर झै गहिरो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । मनोज सिंहले संगीत दिएको गीतमा सुदिप कुमार रेग्मीको शब्द छ ।
गतबर्ष गीतकार संघबाट उत्कृष्ट गीतकार बन्दै नगद १ लाख सहित पुरस्कार जितेका रेग्मी गीत लेखनमा व्यस्त छन् । उनले लेखेको ‘भन के गर्नु पर्छ’, ‘चोटै चोट मात्र किन’ बोलका गीतहरु चर्चित छन् ।
भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । थाइल्याण्डमा छायांकन गरिएको भिडियोमा रिमाको साथमा सुजन रेग्मीको मोडलिङ छ । भिडियोमा रिमा र सुजन प्रेमका कुरा गरिरहेका छन् । नितिन चन्दले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।
No comments:
Write comments