top_rightads

Monday, December 1, 2014

सार्कमा ल्याइएको गाडीको पाँच दिनको भाडा साढे दुई करोड

 


सबै भाडा तथा सहयोगका गाडी फर्काइए
चन्द्रशेखर अधिकारी


 सार्कको १८ औं शिखर सम्मेलनमा सहभागि हुन आएका बरिष्ठब्यक्तित्वका लागि भाडामा ल्याइएका ३२ वटागाडीको भाडा सरकारले दुई करोड पचास लाख रुपैयातिर्नुपर्नभएको छ । 
पाँच दिनको प्रतिगाडी सात लाख ३० हजार रुपैयाँ दिने शर्तमा ३२ वटा गाडी भारतीय कम्पनीबाट ल्याइएको थियो । यहाँ प्रयोग गर्दाको इन्सुरेन्स, चालक परिवर्तन, भनिएको भन्दा बढि उपयोगलगायतले केही रकम थपिएर प्रतिगाडी आठ लाख रुपैयाँ पुगेको जानकारी परराष्ट्रका अधिकारीले दिए । सम्झौताअनुरूप नै गाडी भाडा बढेको दाबीसमेत ती अधिकारीको छ ।

सरकारसंग गाडी नभएको समाचार आएपछि भारत सरकारकै सक्रियतामा ती गाडी दिल्लीदेखि भाडामा काठमाडौं ल्याइएको हो । गाडी खरिद गर्ने विषय लामो समय विवादमा परेपछि 'बुलेट प्रुफ' गाडीबाहेक मर्सिडिज र विएमडब्लुको सामान्य 'सेडान' समेत भारतबाट नै भाडामा ल्याइएको हो । तर अति विशिष्ट ब्यक्तिहरुका लागि भने भारतले निशुल्क पाँच बुलेटप्रुफ गाडी उपलब्ध गराएको थियो । भारत र पाकिस्तानका प्रधानमन्त्रीले भने आफूले उपयोग गर्ने गाडी स्वयंले लिएर आएका थिए । भारतको सहयोगको गाडी उपयोग नगर्ने भन्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भने आफैं गाडी ल्याएका थिए ।



भारतबाट ल्याउने विषयमा चर्को विवाद नहुने भएपछि त्यो बाटो अपनाइएको परराष्ट्रका एक अधिकारीले खुलाए । ति अधिकारी भन्छन, 'अरु मुलुकबाट पाउने सहयोगमा नै विरोध हुने भएपछि भाडामा भए पनि भारतबाट ल्याउने र सम्मेलन सम्पन्न गराउनेतर्फ लाग्यौ । पैसा जति लाग्छ सरकारले ब्यहोर्ने भएपछि त्यसतर्फ लागेका हौ ।' भाडामा ल्याइएका गाडी विदेशमन्त्री, प्रथम महिला, विदेशमन्त्रीका स्पाउजलाई उपयोग गर्न दिइएको ती अधिकारीले बताए ।

'नेपालमा रहेका होटल तथा ट्राभल एजेन्सीले पनि त्यस्तो गाडी भाडामा दिन सक्ने हुदा हुदै पनि दिल्लीबाट यसप्रकारको गाडी ल्याइएकामा आलोचना हुनु स्वभाविक हो, तर समय अभावका कारण यस्तो निर्णय लिइएको हो' तिअधिकारी भन्छन । किन यति महंगो दरमा भाडामा ल्याएको भनेर अख्तियारले चासो दिएकाले केही असहजता आएको पनि अधिकारीहरु बताउछन् ।

परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले कान्तिपुरसंग भने 'यो भन्दा सस्तोमा गाडी भेटिएन अनि भारतबाट ल्याइएको हो । समय अत्यन्त कम भएकाले कतिपय कुरा अन्तर सरकारी गर्नु पर्ने भयो । त्यही अनुरुप यस्तो निर्णय भएको हो ।' सरकारले सार्वजनिक सूचनाबिना नै दुई करोड ३४ लाख रुपैयामा ती गाडीमा भाडामा लिएको हो । त्यसरी भाडामा लिनुबाहेक अर्को विकल्प परराष्ट्र मन्त्रालयसंग नभएकाले मन्त्रिपरिषदको स्विकृतीमा त्यो बाटो अख्तियार गरिएको अधिकारीले बताए ।

'शिखर सम्मेलन सम्पन्न हुनु राम्रो हो तर त्यसमा देखिएको अनियमितताको खोजी हुनुपर्छ भन्ने हाम्रो पनि धारणा छ' एक अधिकारीले भने । सरकारले यो बीचमा २० वटा सेडान कार टेण्डर प्रक्रियाबाट हुण्डाई कम्पनीबाट खरिद गरेको थियो । सरकारले २० वटा गाडी खरिद गर्दा दुई गाडी उपहार स्वरुप पाएको थियो । यसरी नै अन्य सेडान पनि सरकारले खरिद गर्न सक्थ्यो, तर गरेन ।

सरकारलाई अन्य छिमेकी तथा दातृ मुलुकले सार्क शिखर सम्मेलनको लागि बुलेटप्रुफ गाडी नै सहयोग गर्ने भनिरहेको अवस्थामा त्यसतर्फ चासो नदेखाई भाडामा लिन हतारिएको र त्यसलाई छोप्न भारतबाट सित्तैमा बुलेटप्रुफ गाडी आउने बाटो तय गरेको जानकारी एक अधिकारीले दिाए ।

प्रवक्ता अधिकारीले यसलाई त्यसरी हेर्न नहुने उल्लेख गर्दै छोटो समयमा कसरी ब्यवस्थापन गर्‍यो भन्ने विषय नै महत्वपूर्ण भएको बताए । उनले भने, 'यो सबै पारदर्शी ढंगले नै भएको छ । यसमा कुनै अनियमितता छैन । हामीले एक करोड ३६ लाख भारतिय रुपैयाँ पेश्की स्वरुप भारतीय कम्पनीलाई बुझाएर ल्याएका हौ । त्यसबापत पाँच दिनको हामीले सम्झौता  गरेका हौ । पाँच दिन गाडी चले, त्यसमा नेपालमा आउदा गरिने इन्सोरेन्स र यहाँको चालकले चलाएको र भनिएको भन्दा बढि पनि चलेको अवस्थामा केही रकम बढ्न सक्छ । सम्झौता अनुरुप थप रकम बुझाउने छौ, अझै बिल आउन बाँकी छ' उनले भने ।

'अख्तियार या सार्वजनिक लेखा समितिले गाडीको मात्र नभई शिखर सम्मेलनका क्रममा विभिन्न निकायले गरेको खर्चका बारेमा छानबिन गरुन् भन्ने हाम्रो धारणा छ' परराष्ट्रका वरिष्ठ अधिकारीले भने । कतिपय मुलुकमा यस्ता सम्मेलनमा जथाभावी रकम खर्च गर्दा कतिपय मुलुकका राजनीतिज्ञ तथा कर्मचारी जेल गएको उदाहरणसमेत छन् ।

आइतबार प्लेनबाट बुलेटप्रुफ र सडक मार्गबाट अन्य ३२ गाडी पठाइएको जानकारी परराष्ट्रका अधिकारीले दिए । सरकारले सबै गरेर २ सय ६५ वटा गाडी शिखर सम्मेलनमा उपयोग गरेको थियो ।

सार्कमा खटिएकालाई पदक

शिखर सम्मेलन भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै कर्मचारीलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्मान गर्ने भएका छन् । उनले १८ औं सार्क शिखर सम्मेलनको तयारीमा खटिएका सम्पूण्र्ा कर्मचारी र सुरक्षाकर्मीलाई प्रंशसा स्वरुप 'सार्क मेमोरियल मेडल' प्रदान गरिने बताएका हुन् ।

सार्क तयारीका लागि प्रधानमन्त्री कोइरालाको अध्यक्षतामा गठित मूल तयारी समितिले शिखर सम्मेलन समीक्षा गर्ने क्रममा उक्त निण्र्ाय गरेको हो । प्रधानमन्त्रीले सम्मेलनको तयारी र सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष योगदान पुर्याउने सबैलाई धन्यवाद दिदै भने, 'राष्ट्रको लागि काम गर्ने जिम्मेवारी सबैको तर यस समयमा खटिनेहरुलाई विशेष सम्मान दिन उचित ठान्छु ।'

सम्मेलनको सफलताका लागि बनेको उक्त समिति भंग गर्नुअघि बसेको बैठकले सफलतापूर्वक सम्पन्न भएको र यसबाट राष्ट्रको प्रतिष्ठा बढेको निष्कर्ष निकाल्यो । सम्मेलनको सफलतामा योगदान पुर्‍याउने राष्ट्रपति रामवरण्ा यादवदेखि, मन्त्री, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी, पत्रकार, होटल, विदेशी पाहुना सबैमा धन्यवाद व्यक्त गरेका छन् । तर सरकारले सम्मेलनलाई पत्रकारको पहुँचबाट टाढा राख्न धेरै प्रयास गरेको थियो ।

सकारात्मक सन्देश विश्वभर

शिखर सम्मेलन अवधिमा राजधानी काठमाण्डौं र समग्र मुलुकमा भरपर्दो शान्ति सुरक्षा कायम गरी नेपालमा पूर्णत शान्ति कायम भएको सन्देश विश्वभर फैलिएको समिक्षा भएको छ । प्रधानमन्त्री कोइरालाले यो सम्मेलनको सफलताले नेपालमा राष्ट्रिय एकताको भावनालाई अझ मजबूत बनाएको सन्देश विश्वभर गएको बताए ।
एजेन्सी

No comments:
Write comments