काठमाडौं : राजधानीको बबरमहलमा आईतबार साँझ बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालिकाको मृत्यु भएको छ।
काठमाडौं जिल्ला अदालत अगाडी धुलिखेल जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
वसले ठक्कर दिएपछि स्कुटर वसमुनी छिरेको थियो। ठक्करले स्कुटर चालिका म्याग्दीकी शान्ता हमालको मृत्यु भएको छ।
उनलाई उपचारको लागि माईतिघर स्थित अन्नपूर्ण न्यूरो हस्पिटल पु:याईएपनि उपचारको क्रममा मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रमुख निरिक्षक मनोज कुमार शाहीले दिए। प्रहरीले वस र चालक धुलिखेलका रञ्जित कोजुलाई नियन्त्रणमा लिएको छ।
No comments:
Write comments