top_rightads

Saturday, December 6, 2014

पण्डितले बाबुराम भट्टराईलाई दिए संबिधान आसिर्बाद .....

 

काठमाडौं । प्रत्येक महिना मतदाता भेटघाट गर्न गृह जिल्ला आउने पूर्व प्रधानमन्त्री बावुराम भट्टराईको यसपालिको उद्देश्य अलिक फरक थियो । यसअघि पार्टी कार्यकर्ताले भरिभराउ हुने उनी सहभागी कार्यक्रम यसपटक भने इष्टमित्र, नातागोताले ओगटेका थिए ।
जन्मथलो खोप्लाङ-४ बेलबासमा जग्गे लगाइएको थियो । बावु भोजराज भट्टराई १९८७ भाद्रमा जन्मेको घरको भग्नावेश स्थलमा १५ जना पण्डितले विधिपूर्वक पाठ गरिरहेका थिए । गाडीबाट ओर्लेर जेठा छोरा बावुराम टुप्लुक्क जग्गेमै पुगें । मुल पण्डितले उनलाई देखेपछि जग्गेमै घुमेर पिता सँगै बस्न सुझाए ।
भट्टराई अघिअघि पत्नी हिसिला यमी पछि पछि जगिए घुमेर बसे । पण्डितले भट्टराई दम्पत्तीलाई टिका माला लगाई दिए । टिका लगाउँदै पण्डितले आर्शिवाद दिए ुसमयमा नै राम्रो संविधान लेख्नु ।
सभासद समेत रहेका भट्टराईले आर्शिपादको साँटो धन्यवाद फर्काए ।



 फुलपाती लिएर जगिएमा बस्ने पण्डितको आग्रहलाई पालाना गरे । ुजसो जसो बाहुन बाजे उसैउसै स्वाहाु भन्दै एमाओवादी नेता दुई हात जोडेर जगिएमा बसे । सप्ताह र चौरासी पुजा हाँसो र खासखुस सँगै सुरु भयो ।
घरमा रंगीचङ्गी तोरन डागिएको थियो । सँगै भोजभत्तेर पाक्दै थियो । महिलाहरु प्रसाद बनाउन व्यस्त देखिन्थे । बावु चौरासीका लागि ७ दिनअघि नै घर आएर बसेका हुन् । गाँउभरिका लागि निम्तो दिइएको थियो ।
छिमेकी गाविसहरुबाट समेत पण्डित र इष्टमित्र आएका थिए । संविधान निर्माणमा सहमति जुटाउन स्वविवेक प्रयोग गर्ने अधिकार पाएका उनी प्रतिवेदन बुझाए लगत्तै चौरासी पुजामा सहभागी हुन यहाँ आईपुगेका थिए । त्यहि मौकामा पण्डितहरुले टिकाटाला गरेर संविधान बनाउन आर्शिबाद दिएका हुन् ।
जग्गेमै बावु सँगै बसेपछि उनले दुई दिन अघि कुलदेवता पुजामा झापा गएर आएको सुनाए । ुबुवाको चौरासी पुजामा मेरो सदभाव छ भन्दै उनी जग्गेबाटै उठ्न खोजे । पत्नी हिसिला यमीले फोटो खिच्न भन्दै रोकिन् । फोटो खिचेपछि जग्गेमा छोराले गर्नु पर्ने काम भाइ शिवले गर्ने भन्दै उनी बाहिरिए ।
आफ्नै घरको आँगनमा पहिलेका साथीसंगी र इष्टमित्र सँग उनको भलाकुसारी सुरु भयो । मुल पण्डित भिमराज कोइराला चौरासी छोराछोरीले पितृ (बावुआमा० को उद्धारका लागि छोराछोरीले गर्नु पर्ने ठुलो यज्ञ (चौरासी० हो भन्दै थिए । आजको कान्तिपुरमा समाचार छ ।

No comments:
Write comments