मन्त्रिपरिषदले मनोनयन गर्ने २६ मध्ये शुक्रवार मनोनित १८ जना सभासदहरु नेताका नातेदार र धनाढ्य व्यापारीसमेत समेटिएका छन् ।
नेपाली कांग्रेसबाट मनोनित नामप्रति कांग्रेस नेताहरुलेनै तीब्र विरोध जनाएका छन् । ‘हाम्रा नेताले सभासद पदलाई पैसामा बेचे’ कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने ।
यो पनि पढ्नुस् : सरकारद्वारा १८ सभासद मनोनित, गणेश थापा सभासद बने (सूचीसहित)
कांग्रेसबाट सभासद मनोनित भएकामध्ये उमेश श्रेष्ठ र अनिलकुमार रुङटा अरबपति व्यवसायी हुन् । श्रेष्ठ शैक्षिक व्यापारी हुन् भने रुङटा घरानिया व्यवसायी हुन् ।
श्रेष्ठ संस्थापन पक्षको र जगदम्बा स्टिलका पार्टनर रुङटा देउवा पक्षको कोटामा परेका हुन् । ‘उनीहरुलाई सभासद बनाउन २ करोड भन्दा माथिको चलखेल भएको छ’ कांग्रेस निकट स्रोतले भन्यो । श्रेष्ठले केही दिनअघिसम्म एमाओवादी कोटाबाट सभासद बन्न लबिङ गरिरहेको एमाओवादीका एक नेताले बताए ।
कांग्रेसबाट मनोनित भएकामध्ये राधेश्याम अधिकारी दुवैपटक मन्त्रिपरिषदबाट मनोनित हुने भाग्यमानी सभासद हुन् । रुक्मिणी कोइराला कांग्रेसको खानदानी कोइराला परिवारकी सदस्य हुन् ।
शिववहादुर खड्का रामेछापका पूर्वजिविस सभापति तथा पुराना कांग्रेस नेता हुन् । उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनकी बहिनी मीना पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन् भने भाइ रामचन्द्र खड्का रामेछाप कांग्रेसका सभापति छन् ।
रेशम बानियाँ म्याग्दीका पुराना कांग्रेस कार्यकर्ता हुन् भने सुकदेव सुतिहार इन्जिनियर र सूर्यदेव दास उराव जिल्लास्तरका कार्यकर्ता हुन् ।
एमालेमा महासचिवकी पत्नी छानिइन्
एमालेबाट मनोनितमध्ये मीरा ध्वजु महासचिव ईश्वर पोखरेलकी पत्नी हुन् । उनी एमालेको अखिल नेपाल महिला संघकी सचिव पनि हुन् ।
त्यस्तै पेम्बा भोटे जनजाति महासंघका महासचिव हुन् । उनी हिमाली जिल्ला बाजुराको अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छन् ।
अग्नि खरेल यस अघि पनि समानुपातिक सभासद थिए, उनी अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् । ओलीले उनलाई संसदीय दलको प्रमुख सचेतक बनाउन चाहेका छन् ।
त्यस्तै झापा आन्दोलनका योद्धा तथा नख्खु जेल ब्रेकका योद्धा नरेश खरेल पनि एमाले कोटामा सभासद बनेका छन् । पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ पनि एमालेको कोटामा परेका छन् ।
डा. राजन भट्टराई नवनिर्वाचित एमाले केन्द्रीय सदस्य हुन् भने गंगा डाँगी पूर्व केन्द्रीय सदस्य र पर्तमान धिमाल मोरङका जिल्लास्तरीय कार्यकर्ता हुन् ।
कमल थापाले भाइलाई छाने
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नै कान्छा भाइ गणेश थापालाई सभासद बनाएका छन् । थापा अखिल नेपाल फुटवल संघका अध्यक्ष हुन् र संघमा भ्रष्टाचार गरेको अभियोगमा संसदकै लेखा समितिले उनीमाथि छानविन गरिरहेको छ ।
onlinekhabar
Friday, August 29, 2014
सभासद मनोनयनमा पैसावाल र परिवार नै प्यारो कांग्रेस नेता पाण्डे भन्छन्- सभासद पद पैसामा बेचियो
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments