अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिभिन्न बिभागमा छापा मारेर लेखासँग सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएको छ ।
ती शाखा र बिभागका एक गाडी कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान थालेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए ।
ती शाखामा ब्यापक आर्थिक अनियमितता भएको उजुरीपछि छापा मारिएको हो । यसअघि अख्तियारले त्रिवीका १३ बिभाग, उच्च माध्यमिक शिक्षा परिषद र सीटीइभीटीमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको थियो ।
onlinekhabar
No comments:
Write comments