एसियाडको तयारीमा रहेको नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको सोही उमेर समूहको राष्ट्रिय टोलीलाई हराएको छ । बंगलादेशको सिलेटमा शुक्रबार भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई १–० ले हराएको हो ।
खेलमा नेपाललाई विजयी गराउन सुशिल केसीले ७९औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण श्रृंखलामा १–१ को बराबरी गरेको छ ।
यसअघि बंगलादेशको सिलेट रंगशालामा साँझ पौने ५ बजे हुने भनिएको खेल समर्थकहरुको अवरोधका कारण झन्डै एक घन्टा ढिलो मात्रै सुरु भएको थियो । रंगशालामा झन्डै ३० हजार दर्शक पुगेको तर सुरक्षा व्यवस्था अत्यन्तै फितलो भएकोले खेल सुरु गन कठिनाई भएको थियो ।
तर, पछि दुबै टोली खेल सुरु गर्न सहमत भएपछि तनावकैबीच खेल सुरु गरिएको थियो । दोस्रो मैत्रिपूर्ण खेल खेलेसँगै नेपाली टोली अब स्वदेश फर्कनेछ ।
एसियाडमा समूह ‘डी’ मा रहेको नेपालले साविक विजेता जापान, पूर्व विजेता इराक र दुई पटकको उपविजेता कुवेतको सामना गर्नेछ ।
- See more at: imagekhabar.com
No comments:
Write comments