top_rightads

Friday, August 29, 2014

कक्षा १२ को नतिजा प्रकाशित

 

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ । वैशाख १९ देखि परीक्षा भएको भएको विज्ञान संकायको आज नतिजा सार्वजनिक भएको हो ।

परीक्षा नियन्त्राक दुर्गा अर्यालका अनुसार नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको अर्यालले जानकारी दिए ।

त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७ जनाको नतिजा रद्द गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको  छ । आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

No comments:
Write comments