top_rightads

Friday, August 29, 2014

श्रीमतिहरु माइतीमा नाच्दै, श्रीमानहरु घरमा भाँडा माझ्दै अरु दिन घरको कामै नगर्ने पुरुषलाई फसाद

 



आईरन गरेका सर्ट–पाईन्ट र टिलीक्क टल्कीने जुत्ता लगाएर विद्यालय हिड्ने रेसुङ्गा नगरपालिका उपल्लो तम्घासका शिक्षक कृष्णप्रसाद मरासीनी आज विहानै धारामा भाँडा माझ्दै थिए । साथमा उनका भाई किशोरप्रसाद मरासनी पनि दाजु संगै भाँडा माझ्दै ।
होईन यो समयमा त तपाई विद्यालय तिर हिड्नु हुन्थ्यो आज भाँडा माझ्दै हुनुहुन्छ त ? भन्ने प्रश्नमा मरासीनी बन्धुले हाँस्दै भने–‘ के गर्ने मेडमहरु तीज मान्न हिजै माईत जानु भयो कसले माझोस् त भाँडा आफुले नमाझेर । ’
महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा पढाउने शिक्षक कृष्णप्रसादले भाँडा माझ्ने, अन्य घरयासी काम गर्ने कुरा आफ्ना लागि नौलो नभएको प्रतिकृया दिए । उनले भने–‘ विदाका दिनमा मेडम र म संगै घरयासी काम गछौं आज तीजको दिनमा मात्र एक्लै काम गरेको हुँ, यस्तो घरयासी काम गर्नु मेरा लागि नौलो होईन् ।’ उनका भाई किशोर किराना पसले हुन् । उनी भने अघि पछि पसल मैं व्यस्त देखिन्थे । आज भने घरयासी कामले उनलाई पसलमा बस्ने फुर्सत छैन् ।
शिक्षक कृष्णप्रसादकी श्रीमति गंगा मरासनी अर्घाखाँचीको छत्रगञ्ज माईत गएको र उनका भाई किशोरकी श्रीमति भने नजिकै तम्घासमा रहेका माईती कहाँ तीज मान्न गएको बताईयो ।
तीज मान्न माईत गएका कैयौं महिलाहरु राती अवेर सम्म तीज गीतमा नाचेर आज विहान अवेर सम्म विस्तराबाट उठेका थिएनन् ।
यो तीजमा मरासीनीद्धय त प्रतिनीधीमुलक पात्र मात्रै हो । तीज भर अधिकांस पुरुषहरुले घर धानेका हुन्छन् । अघि पछि आफुले खाना खाएको थाल समेत उठाएर नलैजाने पुरुषहरु समेत तीजभरी आफै खान पकाउने भाँडा माझ्ने, घाँस दाउरा गर्ने गर्दछन् । यस्तो कार्यलाई अन्य दिनहरुमा पनि निरन्तरता दिन सके महिलाहरुको घरयासी वोझ कम हुन्थ्यो कि ?
ratopati

No comments:
Write comments