आजभोली अशिष्माको चर्चा त खुब छ नी ?
अरे, हो र ? होईन होला (जिस्किँदै) । त्यही त तपाई जस्ता साथीहरु हुनुहुन्छ अनि त चर्चा भैहाल्छ नी । त्यसैमाथि मैले फिल्महरु गरिराखेकै छु, सबैसंग मिल्छु अनि राम्रो व्यवहार गर्छु अनि चर्चा पनि हुनुप ¥यो नी । म चाहन्छु, मेरो बारेमा नराम्रो चर्चा चाँहि नहोस् । बस्, राम्रो चर्चा भएको त राम्रै मान्नुप¥यो नी होईन र ?
नेपाली फिल्मको यात्रा कहिलेसम्म जारी हुन्छ ?
यो समयमा डिपेन्ड गर्ने कुरा हो । के थाहा बुढी होउन्जेल पो हुन्छ की (हाँस्दै) । भर्खर त पाईला चालिरहेको छु, राम्रै भैराखेको छ । यात्राले निरन्तरता पाउँछ नी । बरु विहे भएपछि के हुन्छ तर विहे नगरुन्जेललाई यो यात्रालाई निरन्तरता नै दिन्छु । विहे नै गरेपछि पनि घरकालाई मनाउँला नी (फेरी हाँसो) ।
भनेपछि विहेको तयारीमा हो ?
अँ…….(सोँच्दै) अहिल्यै नै त छैन । तर विहे त गर्नैपर्छ । फेरी विहे गर्नलाई केटा पनि चाहियो । मैले भनेजस्तो केटो पाएकै छैन । ‘माया गर्छु’ भन्नेहरु त धेरै नै छन् तर मलाई तिनिहरुसंग खासै ईन्ट्रेस्ट छैन । मैले मनले खाएको केटा पाएकै छैन ।
अशिष्माको लागि कस्तो केटा विहेका लागि योग्य हुन्छन् त ?
स्मार्ट, ह्यान्डसम अनि अनुशासित केटा । जो मलाई बुझ्छ । मलाई माया गर्छ अनि मेरो पेशालाई पनि माया गर्छ । तर केटो चाँहि नेवार नै हुनुपर्छ । कुनै हालतमा नेवार । एक जना नेवार केटामा नजर त परेकै हो तर उसको नजर म माथि परेन । भनुम् न, मैले उसलाई मैले भन्न सकिन, उसले पनि केहि भनेन । भनोस् पनि कसरी, उसलाई त थाहै थिएन (हाँस्दै) ।
कसैसंग रिलेशन ?
अहिले त पुरै खाली । केही पहिला मेरो ब्वाईफ्रेन्ड थियो । ऊ पनि नेवार नै थियो । तर केहि कुरामा हामीबिच अन्डरस्ट्यान्डिङ हुन सकेन । त्यसपछि ऊ एकातिर म एकातिर । अहिले म मेरै दुनियामा रमाईरहेकी छु, ऊ पनि शायद कतै रमाएकै होला ।
अनि, सेक्स अनुभव ?
यस्तो कुरा पनि कसैले पब्लिक गर्छ त ? (अचम्म मान्दै)
ईट्स ओके, अनि अशिष्मालाई हुँदै नभएको रिलेशनको बारेमा हल्ला चलाईदिँदा कस्तो लाग्छ ?
मलाई केही पनि हुँदैन । रिलेशनमा हुनु नराम्रो पनि होईन । मेरो बारेमा पनि यो अनि त्यो संगको रिलेशनमा अशिष्मा भन्ने हल्ला नभएका होईनन् । तर म कहिल्यै पनि हल्लाको पछाडी भाग्दिन । मलाई यस्तो कुरामा त्यति चासो पनि हुँदैन । यस्ता कुराहरु आउँछन्, जान्छन्, मेरो काम राम्रो होस् मलाई अरु कुराको मतलब छैन । र, यस्तो कुरामा चासो दिएर विनाकारण आफ्नो टाउको दुखाउने काम गर्नु राम्रो हो जस्तो पनि लाग्दैन ।ashisma
आजभोली नेवारी फिल्ममा काम गर्न छोडेको हो ?
छैन, छैन । नेवारी फिल्मलाई म कसरी छोड्न सक्थेँ । नेवारी फिल्मको आधारमै त म अहिले नेपाली फिल्ममा छु । अहिले नेपाली फिल्महरुमा व्यस्त भएका कारण नेवारी फिल्म नगरेको मात्रै हो । मैले मेरो आधार ढलाउने काम गर्नु त भएन नी होईन र ?
अन्तमा अलिक फरक प्रश्न, अहिलेको फिल्मी वातावरण र नेपाली राजनीतिक अवस्थाप्रति अशिष्माको टिप्पणी के छ ?
अहिले दुवैतिर संक्रमणकाल चलिराखेको छ । म जहिले पनि सकारात्मक सोँच राख्छु । धेरैले भन्छन् नेपाली फिल्मको दिन गईसके, तर म भन्छु, अहिले चलिराखेको संक्रमणकाल राम्रोको लागि हो । ठिक त्यसैगरि नेपाली राजनीतिमा चलेको संक्रमणकाल पनि राम्रैको लागि हो । भलै यी दुवै क्षेत्रमा संक्रमणकाल लम्बिएको लम्बिएकै छ । ढिलै भएपनि भोलीको राम्रोका लागि आज हामीले केही मुल्य चुकाउनै पर्छ ।
Saturday, August 30, 2014
माया गर्छु भन्ने धेरै छन् तर मनले खाएको पाइएनः नायिका अशिष्मा नकर्मी
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments