ब्रान्जेलिनाको सामूहिक सम्बोधनले समेत चिनिने उनीहरू नौ वर्षदेखि निकट सम्बन्धमा थिए। ५० वर्षे अभिनेता र ३९ वर्षे अभिनेत्रीले दुई वर्षअघि इंगेजमेन्ट गरेका थिए।
समाचारहरूमा उल्लेख भए अनुसार, वैवाहिक समारोहमा दुवैतिरका पारिवारिक सदस्यहरू र घनिष्ठ मित्रहरूको उपस्थिति थियो। ब्रान्जेलिनाका छोराछोरी पनि मम-डयाडको बिहेको साक्षी बने। उनीहरूका छ सन्तान छन्। दुईजना उनीहरूले नै जन्माएका हुन् भने चारजना चाहिँ धर्म सन्तान।
ब्राड र एन्जेलिना सन् २००५ देखि निकट भएका हुन्। त्यतिखेर ब्राड अभिनेत्री जेनिफर एनिस्टनका पति थिए। पाँच वर्षसम्म। 'मिस्टर एन्ड मिसेस स्मिथ' फिल्मले ब्राड र जेनिफरको सम्बन्धमा पहिरो ल्याइदियो। त्यस फिल्ममा ब्राडको अपोजिट खेलेकी एन्जेलिना त्यसयता ब्राडकै भइरहेकी छन्।
'हामी उपयुक्त समयको पर्खाइमा छौं,' एन्जेलिनाले बिहे तिथिबारेको प्रश्नमा पछिल्लो चोटि भनेकी थिइन्, 'काम र बच्चाहरूको सुविधा पनि हेर्नुपर्यो। त्यो वास्तवमै रमाइलो दिन हुनेछ। जब हामी बिहे गर्नेछौं, त्यो दिन हाम्रो परिवारको लागि ऐतिहासिक क्षण हुनेछ।'
पाँच दिनअघि त्यो क्षण पनि आयो।
यो बिहे एन्जेलिनाको चाहिँ तेस्रो हो। यसअघि उनले जोनी ली मिलर र बिली बब थोर्टनसँग यही साइनो कसिसकेकी थिइन्।
एन्जेलिनाले अभिनयका अलावा निर्देशनमा पनि हात हाल्दै आएकी छन्। उनी यति बेला तेस्रो निर्देशनको तयारीमा छिन्। अर्को सातादेखि माल्टामा सुटिङ सुरु हुने भनिएको 'बाई द सी' मा एन्जेलिनासहित ब्राडले पनि अभिनय गर्दै छन्। उनीहरू एकअर्काको अपोजिटमा खेल्न लागेको पनि नौ वर्षपछि पहिलो नै हो। 'मिस्टर एन्ड मिसेस' पछि।
No comments:
Write comments