नेपाली यु–२३ फुटबल टोलीले जितका साथ बंगलादेश यात्रा टुंगाएको छ। इन्चोन एसियाडको तयारीका क्रममा बंगलादेश पुगेको युवा टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शुक्रबार त्यहाँको युवा टोलीलाई १–० ले पराजित गरेको हो। नेपालको जितमा एक मात्र गोल सुशील केसीले गरेका थिए।
यसअघि मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपाललाई १–० ले नै हराएको थियो।
शुक्रबार सुशीलले ६९ औं मिनेटमा गोल गरेका थिए। रक्षक रवीन श्रेष्ठको क्रसमा पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै उनले गोल गरे। इन्चोन एसियाडमा नेपाली युवा टोलीले समूह डीमा इराक, कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
nagariknews
No comments:
Write comments