कोयलरी गाउँमा बस्दै आएका ४० वर्षिय मनिराम साहूको आफ्नी पत्नीसँग कुनै विषयलाई लिएर झगडा भएको थियो । झगडा भएकी महिला मनिरामकी दोस्रो पत्नी भएको र तीन बच्चाकी आमा समेत रहेकी बताइएको छ ।
विवाद यसरी बढ्दै गएको कि मनिरामले आफ्नै पत्नीलाई रिसको सुरमा पिट्दै निवस्त्र पारेर पुरै गाउँ नै घुमाइदिएका थिए । विहान सात बजेतिर गाउँका मानिसहरु त्यो घटना देखेर लज्जाबोध भएका थिए । उनीहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी आउँदासम्म मनिरामले आफ्नी पत्नी घर लगिसकेका थिए । घरमा नै गएको प्रहरीले कपडा लगाएर बच्चा स्यार्दै गरेको महिलालाईै देखेपछि वाल्ल परेको थियो । मनिराम भने सुतिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले केही घटना भएको ठाउँमा केही नदेखेपछि फर्किएको थियो ।
No comments:
Write comments