अदालतमा यो घटनामाथि सुनुवाई गर्दै करिब ४१ वर्षपछि आरोपीलाई सजाय सुनाइएको छ । अदालतले ५९ वर्षीय आरोपीलाई १८ वर्षको कैद सजाय सुनाएको छ । आरोपीका वकिलले अदालतसमक्ष उनको सजायलाई कम गरिदिने अपिललाई अस्विकार गरेको छ ।
यति मात्र नभई उनले ११ वर्षीया अर्की बालिकालाई पनि बलात्कार गरेको आरोप ला
गेको छ ।
विवाह गरेको पाँच वर्षपछि जब उनको बच्चा भयो तब त्यो बच्चासँग खेल्न ११ वर्षकी बालिका उनको घरमा आउने गर्दथिन् । ती बालिकाले उनको बच्चाको हेरविचार पनि गर्ने गर्दथिन् । कहिलेकाँही विलियम आफ्नी श्रीमतीसँग बाहिर गएको बेलामा बच्चाको हेरविचार गर्नका लागि ती बालिका घरमा आउने गर्दथिन् । यहि मौका पारि श्रीमतीलाई कँही छोडेर उनी घर फर्केर उक्त बालिकालाई बलात्कार गर्ने गर्दथे र फेरी श्रीमती भएको ठाउँमा फर्किने गर्दथे । यस्तो सिलसिला करिब दुई वर्षसम्म चल्यो ।
उनले ती बालिकालाई यति तर्साएर राखेका थिए कि बालिकाले आफूमाथि भएको बलात्कारको बारेमा कसैलाई पनि केहि बताएकी थिइनन् । जब यी दुई घटना अदालतसम्म पुग्यो तब अदालतले यो घटनाको गहिरो छानबिन सुरु गरेको थियो ।
अदालतले आरोपी विलियम जोर्डलाई दुबै घटनाको दाषी ठहर गर्दै १८ वर्षको जेल सजाय सुनाएको छ । अहिले आरोपी जेलको सजाय भोगी रहेका छन् ।
भिडियो निकै संवेदनशिल भएकोले यो तलको बक्समा लुकाइएको छ । हेर्नको लागि क्लिक गर्नुहोस
No comments:
Write comments