Friday, September 5, 2014
मनाङमा तारा एयरको सफल परीक्षण उडान
तारा एयरले मनाङको हुम्डे विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । ताराले जर्मनीमा निर्मित डोर्नियर डो-२२८ एयर क्राफ्टमार्फत सफल परीक्षण उडान गरेको हो ।
क्याप्टेन बोधराज निरौला र क्याप्टेन राजेश श्रेष्ठको टोलीले पोखराबाट विहान साढे ८ बजे उडान गरेर हुम्डे विमानस्थलमा सफलतापूर्वक विमानलाई अवतरण गराएका थिए ।
नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरुको उपस्थितिमा क्याप्टेन बिएम अमात्यले जहाजलाई उडान भर्ने संकेत दिएका थिए । हवाई यात्राको अवधि २० मिनेट रहेको थियो ।
परीक्षण उडानको प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा पेश गर्ने र प्राधिकरणबाट स्वीकृतीको शंकेत प्राप्त भएपछि नियमित उडान तय गरिने कम्पनीले जानकारी दिएको छ ।
तारा एयर नेपालका दुर्गम भेगहरुका लागि यातायातको विकल्प बन्दै आएको छ । यसले विगत लामो समयदेखि यात्रुहरुलाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । दुर्गम उडान खर्चिलो र कठिन भएता पनि तारा एयर नेपालको दुर्गम स्थानहरुमा सेवा प्रदान गर्दै आएको छ ।
www.onlinekhabar.com
No comments:
Write comments