Sunday, September 14, 2014
ब्रा लगाउने तरिकाले स्तन क्यान्सर नहुने..
aएजेन्सी । एक अध्ययनका अनुसार रजसवाला निवृत्त भएका महिलाहरुमा स्तन क्यान्सर बढ्ने जोखिम ब्रा लगाउनुसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ । अमेरिकाको यूनिभर्सिटी अफ वाशिङगटन स्कूल अफ पब्लिक हेल्थमा महामारी विज्ञानका छात्र लू चेनले भने, ‘‘विकासशील देशहरुको तुलनामा विकसित देशहरुमा स्तन क्यान्सर आम समस्याको एक कारण ब्रा लगाउने तरीकालाई मान्ने गरिन्छ । तर यस बिषयलाई लिएर मतभेद पनि रहने गरेको छ ।’’अध्ययनको क्रममा महिलाहरुमा स्तन क्यान्सरको समस्या ब्रा लगाउने तरीकासँग कुनै सम्बन्ध छैन ।
चानका अनुसार, ‘‘कुन प्रकारको ब्रा वा कुन उमेर समुहका महिलाहरुले ब्रा लगाउछन्, भन्ने कुराको स्तन क्यान्सरसँग सम्बन्धित कुनै प्रमाण भेटिएन ।’’यो अध्ययन ५५ देखि ७४ वर्षको आयु भएका एक हजार भन्दा ज्यादा महिलाहरुमा गरीएको थियो । यो अध्ययन पत्रिका ‘केसर एपिडेमियोलोजी, बायोमाकर्स एण्ड प्रीवेन्शन’ मा प्रकाशित भएको छ ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
No comments:
Write comments