top_rightads

Saturday, September 13, 2014

बिरालो इन्टरनेटमा एकाएक स्टार बनेपछि

 


सधै डिप्रेसनको सिकार भएको जस्तो दुखी र उदासी अनुहार लगाउने एउटा बिरालो अहिले एकाएक स्टार बनेको छ । यो बिरालोको रुन्चे अनुहारकै कारण यसले विश्वको सबैभन्दा दुखी बिरालोको उपाधि समेत पाइसकेको छ ।

यो बिरालोले सधै चाउरे तथा उदासी अनुहार लगाउने भएकै कारणले गर्दा अहिले इन्टरनेटमा आफुलाई स्टारको रुपमा स्थापित गरेको छ ।
लिटिल पी नामको उक्त पोथी बिरालोका केही दर्जन तस्वीरहरु इन्टरनेटमा अपलोड गरिएका थिए । ती तस्वीर यस्ता थिए की सबैमा उसको अनुहार दुखी र रुन्चे नै देखिन्छ ।
इन्स्टाग्राममा यसका रुन्चे अनुहारको भिडियो समेत पोष्ट भएसँगै यसलाई फलो गर्नेको संख्या नै ५ हजार ७ सय नाघेको छ ।
एकजना फेसबुक प्रयोगकर्ताले हैरान भएर बिरालोलाई सुझाव दिएका छन्,’ तिमी यति राम्री छौ, तर किन दुखी ????

No comments:
Write comments