सेन्ड्रा बुलकले जेनिफर लोरेन्स र जेनिफर एनिस्टनलाई पछि पर्दै पुरस्कार आफ्नो पोल्टामा पारेकि हुन् । उनले जुन २०१३ देखि जुन २०१४ को बीचमा ५.१० करोड अमेरिकि डलर आर्जन गरेकि छिन् । दोस्रो स्थानमा रहेकि अभिनेत्री जेनिफर लोरेन्स बर्ष २३ ले ३.४० करोड अमेरिकि डलर ‘द हंगर गेम्स’ फिल्मवाट कमाएकि हुन् ।
तेस्रो स्थानमा जेनिफर एनिस्टन रहेकि छिन् । उनले ३.१० करोड डलरको कमाई गरेकि छिन् । चौथो स्थानमा रहेकि अभिनेत्री ग्वेनिथ पाल्ट्रोको कमाई १.९० करोड अमेरिकि डलर रहेको छ । साथै पाचौ स्थानमा भने एन्जेलीना जोली र केमरुन डियाज रहेका छन् जसको कमाई समान १.८० करोड अमेरिकि डलर रहेको छ ।
No comments:
Write comments