Monday, September 8, 2014
भने जस्तो श्रीमान् पाएको भए कसैकी श्रीमति भईसकेकी हुने थिएँ । प्रियंका
मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिबाहको विषयमा सोधिएको प्रश्नको जवाफ खुलेर दिन थालेकि छिन् ।
फिल्म ‘मेरीकोम’ ले आयोजना गरेको एक कार्यक्रममा संवाददाताले बिबाहको विषयमा प्रश्न गरे लगत्तै संवादातालाई सोधिन-’यो प्रश्न तपाईहरु हिरोईनलाई मात्रै सोध्नु हुन्छ कि हिरोलाई पनि ?
a
बिबाह आफुलाई असाध्यै मनपर्ने परम्परा भएको बताउँदै प्रियंकाले चार वर्षको उमेरदेखी बिबाह गर्ने रहर जागेको बताईन । ‘जब म चार वर्षकी थिएँ, हरेक कार्यक्रममा सहभागी हुँदा म बेहुली जस्तै बनेर जान्थेँ मलाई आफु पनि बेहुली हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ उनले भनिन् ।
झुम्का, निधारमा रातो टिका र घुम्टो ओढेर हिंड्दा उनलाई निकै रमाइलो लाग्छ रे । ‘मलाइ लाग्छ हरेक उमेर पुगेका युवतीहरु यसैगरि जीवनमा बेहुली बन्न चाहन्छन् । तर, समस्या छ भने जस्तो श्रीमानको ।’- उनले कुरोको चुरो खोलिन् ।
भनेजस्तो श्रीमान पाउन पनि निकै कठिन छ भन्दै पि्रयंका भन्छिन ‘यदि मैले भने जस्तो श्रीमान् पाएको भए कसैकी श्रीमति भईसकेकी हुने थिएँ ।
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments