राजेन्द्र कार्की
काठमाडौं, भदौ २५ – दिक्पाल कार्की वरिष्ठ कलाकर्मी तथा निर्देशक शम्भु प्रधानद्वारा निर्देशित चलचित्र रंगबैजनीका नायक हुन् । यसै चलचित्र मार्फत् नेपाली चलचित्रमा नव नायकको रुपमा प्रस्तुत भएका उनी मिस्टर काठमाडौं–२००९ का विजेता पनि हुन् ।
तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय प्रस्तुत गरिसक्नु भएका दिक्पालले सिजी टिभी, क्लोज अप, महेन्द्रा स्कुटी लगायतका विज्ञापनमा मोडलिङ गरिसकेका छन् । भेटनरी साइन्समा वीएससी गरेका उनी चिकित्सक समेत हुन् ।
चलचित्र रंगवैजनीमा नायिकाहरु गरिमा पन्त र सुमिना घिमिरेसँग अन स्क्रिीन रोमान्स गर्ने अवसर पाएका नायक दिक्पालले शम्भु प्रधान जस्तो निर्देशकसँग सहकार्य गर्न पाउनु आफ्नो ागि शौभाग्य ठानेको बताए ।
अन्य प्रेम प्रशंगका चलचित्रहरु भन्दा यसमा नविनतम् कथावस्तु र स्वाद रहेको बताउँदै त्रिकाणात्मक प्रेमकथा भइकन पनि दर्शकहरको मनमा अनेकन शंका, उपशंकाहरु उत्पन्न भइ अनेकन अड्कलबाजी र कौतुहलता समेत उत्पन्न हुने भएकोले दर्शकहरु साह्रै रोमान्चित हुने उहाँको विश्वास रहेको छ । आधुनिक र जिम्मेवार एउटा किशोर छोराको भूमिका हुँदा हुँदै पनि दुई नाउमा खुट्टा राख्दा समस्यामा फसेको कारुणीक र मनोरञ्जनात्मक भूमिकामा देखा पर्ने पनि उनले बताए ।
No comments:
Write comments