बलिउडकी स्टाइलिस अभिनेत्री सोनम कपूरलाई लिफ्ट देखेपछि डर लाग्छ । सोनमले यो डरलाई कसरी दिमागबाट हटाउने भन्ने बारेमा सोचिरहेकी हुन्छिन । उनकी बहिनी रियाले उनको लिफ्टबाट लाग्ने डरलाई कम गर्नको लागि सहयोग गरेकी छिन ।
सोनमले भनिन् 'जब म लिफ्टबाट बाहिर आए त्यतिबेला मलाई लाग्यो म बेहोश हुन्छु' तर सबै ठिकै भयो । बताइए अनुसार सोनमले ५५ तल्ला भएको लिफ्टमा बारम्बार तलमाथि गरेकी थिईन ।
पहिला त उनी डराइन तर बारम्बार यसो गर्दा भने उनी डराइनन ।सोनम लिफ्ट प्रयोग गर्नु परेमा सधै चुपचाप लिफ्टको कुनामा बस्ने गर्थिन । सोनम आजभोलि आफ्नो आउन लागेको फिल्म 'खुबसुरत' को प्रमोशनमा ब्यस्त छिन । यो फिल्म उनकी बहिनी रिया कपुरले निर्माण गरेकी हुन ।
No comments:
Write comments