जिल्लाको बाजुङमा एक दम्पतिको अनौठो मरण भएको छ । बाजुङ गाबिस- ९ कोटगाउँमा श्रीमानको निधन भएको ४ घण्टामै श्रीमतीको पनि निधन भएको छ ।
कोटगाउँमा ९२ बर्षीय रुद्रबहादुर बिकको निधन भएको ४ घण्टा नबित्दै उनकी पत्नी ७७ बषिर्या छली बिकको निधन भएको छ ।
श्रीमानको बिहान पौने १० बजे निधन भएपछि घाट लाने तयारी गर्दागर्दै उनकी श्रीमतीकोे दिउँसो निधन भएको मृतकका नाती कमलबहादुर सुनारले जानकारी दिए । ‘एक्कासी हजुरआमा पनी बोल्दाबोल्दै बेहोस हुनुभयो, बोलाउँदा बोलाउँदै बोल्नुभएन’ नाती कमललेे भने ।
उनका अनुसार दुबै दमको बिरामी थिए । दुबै जनाको एउटै चिता बनाएर मोदीबेणीघाटमा अन्त्येष्टि गरिएको छ ।
२० दिन अगाडी मृतक रुद्रबहादुर बिकका भाई जसबहादुर बिकको पनि निधन भएको थियो ।
www.onlinekhabar.com
No comments:
Write comments