यदि कुनै महिला तथा पुरुषलाई एड्स रोग लागेको छ भने मुख-मैथुन गर्दा एड्स रोग सर्छ कि सर्दैन ?
के मुखमैथुन गर्दा एड्स सर्छ ?
यौनरोग संक्रमित व्यक्तिसँग यौनसम्पर्क गर्दा सर्ने रोग हो। यौनसम्पर्कबाट सर्ने यस्तै २० भन्दा बढी रोगको समूहलाई नै यौनरोग भनिन्छ। एचआईभी सर्ने एक प्रमुख माध्यम यौन सम्पर्क भएकाले यसलाई पनि यौनरोग भनिन्छ। यहाँ यौन सम्पर्क भन्नाले लिङ्ग-योनि मैथुन, मुखमैथुन वा गुदा-मैथुन सबै नै सम्झनुपर्छ। एचआईभी संक्रमण भएपछि विस्तारै प्रतिरक्षा शक्ति कमजोर भएर विभिन्न जीवाणुको संक्रमणपछि त्यसै अनुसारका विभिन्न लक्षण देखिएको अवस्था एड्स हो। एड्स सर्ने नभै यसका कारक विषाणु ज्क्ष्ख् चाहिँ सर्ने कुरा हो।
मुख्य रूपमा यौनसम्पर्क वा अन्य यौन क्रियाकलाप गर्दा योनिबाट निस्किएका रस व्यक्तिको शरीरको भित्री छाला अर्थात् शेष्म झिल्लीको सम्पर्कमा आएको छ कि छैन वा तपाईंको अङ्ग (जस्तै कि हात, मुख वा लिङ्गमा) अन्य कुनै खुला चोटपटक वा घाउ थियो कि थिएन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। विभिन्न यौन क्रियाकलापअनुसार एचआईभी सर्ने जोखिम पनि फरक-फरक हुन्छ। सामान्यतः यस्तो जोखिम विशेष गरी हाम्रो शरीरबाट निस्कने तरल वस्तुको प्रकार र त्यसको सम्पर्कमा कत्तिको आइन्छ भन्ने आधारमा गरिन्छ।
त्यस्ता तरल पदार्थ एक-अर्काको सम्पर्कमा नआउने किसिमको क्रियाकलापमा एचआईभी ्र
सर्ने सम्भावना हुँदैन, त्यसैले त्यसलाई जोखिम नभएको मानिन्छ। सुख्खा चुम्बन, अन्य कुनै चिल्लो पदार्थ प्रयोग गरेर साथीले गरिदिएको हस्तमैथुन वा स्वस्थ छालामा दिसा वा पिसाबको सम्पर्क यसका उदाहरण हुन्। अर्को थरी जसमा सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम भनिन्छ। थुकको सम्पर्क हुने गरी गरिने चुम्बन, कन्डम लगाएर गरिएको मुख मैथुन, औंला यौनअङ्गमा पसाउनु, यौन अङ्गबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई कम जोखिम पूर्ण (ीयध चष्कप) भनिन्छ। कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाएर गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने र धेरैलाई सर्ने यौन क्रियाकलापलाई जोखिमपूर्ण भनिन्छ। कन्डम नलगाई गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण हुन्। तपाईंले पक्कै पनि आफ्नो क्रियाकलापलाई कत्तिको जोखिममा पर्छ भन्ने कुरा थाहा पाइसक्नुभयो होला। श्ांकामा बसिरहनुभन्दा आफूलाई एचआईभी संक्रमण भए-नभएको थाह पाउन रगतको परीक्षण गराउनु बुद्धिमानी हुन्छ।
म ३५ वर्षको छु। म यौन सम्र्पकका क्रममा श्रीमतीसँग मुखमैथुन गर्छु। यसमा हामी दुवैलाई निकै आनन्द आउँछ। यद्यपि मलाई डर लागिरहेको छ यस्तो बानीले कुनै खराबी पो गर्ने हो कि ? भविष्यमा कुनै यौन रोग पो लाग्ने हो कि ?
मुखमैथुनले के हानि गर्ला ?
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायक तथा आकर्षक हुन्छ भने कतिका लागि विकर्षक। परापूर्वकालमा वात्स्यायनले पनि मुख मैथुनका बारेमा वर्णन गरेका थिए। उनले मुख मैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। वास्तवमा मुखमैथुन विभिन्न प्रकारले गरिन्छन्, ती हुन् ः १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus)। मुखमैथुनको चर्चा गर्दा यी सबै नै प्रकारलाई विचार गर्नुपर्ने हुन्छ। प्रश्नमा तपाईंहरूले लिङ्ग-मुख मैथुन तथा योनि-मुख मैथुन गर्नुभएको कुरा छ।
नेपालमा राम्रोसँग अध्ययन हुन बाँकी रहे पनि मुख मैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएको पाइन्छ। कतिपय दम्पती तथा यौन जोडीका बीचमा मुख मैथुनको महत्वपूर्ण स्थान छ। मुखमैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो होइन वा पछि केही हुन्छ कि भन्ने शंका भन्ने धेरैमा रहेको पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। स्वस्थ व्यक्तिको योनिरसमा कुनै हानि वा खराबी गर्ने कुरा हुँदैन। त्यसैले यस्तो योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन। त्यसैगरी वीर्यमा पनि कुनै खराब पदार्थ हुँदैन। तपाईंहरू दुवैलाई मुख-मैथुन मन पर्ने भएकाले पर्याप्त आनन्द लिन सक्नुहुन्छ।
कतिपय व्यक्तिलाई मुखमैथुन गर्ने कुरामा रुचि नहुन सक्छ। दबाबमा वा जबरजस्ती मुखमैथुन गर्ने वा योनिरस वा वीर्य निल्न दबाब दिइनु भने मनासिब होइन। कसैकसैलाई योनिरस वा वीर्यको स्वाद, गन्ध मन नपर्न सक्छ।
No comments:
Write comments