top_rightads

Thursday, September 18, 2014

होटलको खाटभित्र युवतीको शव भेटियो..

 







सुनसरी । सुनसरीको इटहरीस्थित अरुण गेष्ट हाउसको कोठा नं. ९ मा एक युवतीको शव भेटिएको छ । उनी गत भदौं २९ गते एक युवकसँग होटलमा बस्न आएको प्रहरीले जनाएको छ । उक्त कोठा सो दिन भोजपुरका विनोद शाहीको नाममा बुक भएको पाइएको छ । शाहीको प्रहरीले खोजी कार्य सुरु गरेको छ । उनी भोलिपल्ट नै कोटा छोडेर हिडेको होटलका कर्मचारीहरुले जानकारी दिएका छन् ।




कोठा सफा गर्ने क्रममा गन्ध आएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । प्रहरीले खानतलासी गर्दा बक्स पलङ भित्र युवतीको शव फेला परेको हो । शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । युवतीको मुखबाट समेत रगत बगेको पाइएको र उनको अनुहारमा प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

No comments:
Write comments