दिक्तेल, खोटाङ जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । १३ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका -२ बस्ने ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन् ।
बालिकाले आफु बलात्कृत भएपछि घरमा भनेकी थिइन् र आफन्तले प्रहरी समक्ष उजुरी दिएका थिए ।भैँसीलाई घाँस हाल्न गोठ जादा आचार्यले आफुलाई बाटो छेकेर जबर्जस्ती बलात्कार गरेको बालिकाले बताइन । उनले भनिन् “बिहानै भैँसीलाई घाँस हाल्न गएको थिएँ, कोही नभएको मौका छोपेर जबर्जस्ती गरे ।”
बलात्कृत बालिकालाई जिल्ला अस्पताल लगेर उपचार गरिएको थियो । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।आरोपीत आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
No comments:
Write comments