काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
प्रहरी संगठन र प्रहरी प्रधान कार्यालयप्रति लाञ्छना लगाएर भ्रम सिर्जना गर्नुका साथै संगठनको चेन अफ कमान्डको विरुद्धमा अभिव्यक्ति दिएको अभियोगमा एआइजी भण्डारीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको हो ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार कानुन शाखाले मंगलबार भण्डारीलाई स्पष्टीकरण सोधेको हो । एआइजी भण्डारीले गत ३० असोजमा एक अनलाइन पत्रिकामा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित गृह मन्त्रालयको नेतृत्वविरुद्ध गम्भीर आक्षेप लगाएका थिए ।
उनले संगठनका प्रमुख र मन्त्रालयको नेतृत्वले नै चार डीआइजीलाई एआइजी बनाउनेबारे सर्वोच्च अदालतले दिएको आदेश नमान्ने प्रपन्च गरेको आरोप लगाएका थिए । आजको राजधानीमा समाचार छ ।
http://www.nepalsandesh.com
No comments:
Write comments