top_rightads

Thursday, October 23, 2014

अमिर खानको फिल्म पिके' को टिजर सार्वजनिक

 


एजेन्सी, ६ कार्तिक, बलिउड अभिनेता अमिर खानको बहु प्रतिक्षित फिल्म 'पिके' को पहिलो टिजर सार्वजनिक भएको छ । यतिबेलासम्म पोष्टर मात्रै सार्वजनिक गरेर फिल्म प्रचार प्रसार गरिरहेको 'पिके' को २ मिनेट १३ सेकेण्डको टिजर सार्वजनिक गरिएको हो ।

डिसेम्बर १९ तारिखमा रिलिज हुने यो फिल्ममा अमिर खान फरक फरक भूमिकामा देखिने र फिल्म कमेडी रहेको प्रष्टै थाहा हुन्छ । फिल्ममा अमिर खान सहित अनुष्का शर्मा, बोमन इरानी, सञ्जय दत्त, सुशान्त सिंह राजपुत, सौरभ शुक्ला लगायतको भूमिका रहेको छ भने राजकुमार हिरानीको डाइरेक्सन रहेको छ । हेर्नुहोस् फिल्म 'पिके' को पहिलो टिजरः


http://aajakokhabar.com

No comments:
Write comments