top_rightads

Saturday, October 4, 2014

विश्वमा पहिलोपटक पाठेघर प्रतिस्थापन गरेपछि महिलाले शिशु जन्माइन्

 

स्विडेनका ३६ वर्षीया एक महिलामा पाठेघर प्रतिस्थापन गरेपछि उनी यस्तो शल्यक्रियापछि शिशु जन्माउने पहिलो महिला बनेकी स्वास्थ्य पत्रिका द लानसेटले शनिबार जानकारी दिएको छ । यसलाई शिशु जन्माउन नसकेका महिलाका लागि ठूलो परिवर्तनको SwedishWOmbTransplant12014AP largeरूपमा हेरिएको छ । पत्रिकाले गत महिना एक स्वस्थ शिशुको जन्म भएको जानकारी दिएको छ । पत्रिकाले हाल आमा तथा शिशुको स्वास्थ्य राम्रो रहेको उल्लेख गरेको छ ।   गर्भधारणको ३१ महिनापछि यी महिलाले शल्यक्रिया गरी १.७७५ किलोग्राम तौलको शिशुलाई जन्म दिएको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाले यी महिलामा अण्ड उत्पादनका अङ्गहरू भए पनि जन्मदै उनमा पाठेघर नभएको बताइएको छ ।   शल्यचिकित्सकहरूले यस प्रक्रियाले महिलामा पाठेघरमा समस्या भई शिशु जन्माउन नसक्ने अवस्थाको बाधा हटेको बताएका छन् । यी आमालाई ६१ वर्षीया एक महिलाले आफ्नो पाठेघर दान गरेकी थिइन् । उनको मासिक रजस्वला सात वर्ष अगाडि रोकिएको थियो । आमा बन्ने महिलामा १० घण्टा लगाएर गत वर्ष पाठेघर प्रतिस्थापनको शल्यक्रिया गरिएको थियो ।   यी महिलाबाट प्राप्त अण्डमा उनका पतिको वीर्य राखी कृत्रिम गर्भ तयार गरिएको र उनको पाठेघरमा राखिएको थियो । पाठेघर प्रतिस्थापन गरेको एक वर्षपछि मात्र यी महिलामा गर्भ राखिएको थियो । यसरी तीन सार्तासम्म गर्भ परीक्षण भएपछि त्यसमा सकारात्मक विकास भएको देखिएको थियो ।   आरम्भको समयमा शरीरले पाठेघरलाई अस्वीकार गर्ने अवस्था सिर्जना भए पनि महिलाको रोगप्रतिरोधात्मक प्रणालीलाई नियन्त्रण गरी पाठेघरलाई शरीरले स्वीकार गर्ने अवस्था बनाइएको थियो । लानसेटमा गोथेनबर्ग विश्वविद्यालयका प्राध्यापक म्याट्स ब्राएन्स्ट्रोमले यस प्रक्रियालाइ १० वर्षसम्म जनावरमा गहन रूपमा परीक्षण गरिएको जानकारी दिए ।   उनले मासिक रजस्वला बन्द भएकी महिलाको पाठेघर प्रतिस्थापन गरी यस्तो अवस्था सिर्जना गर्न सकिने अध्ययनमा देखिएको बताए । रासस/एएफपी 

No comments:
Write comments