३ कात्तिक, काठमाडौं । अखिल नेपाल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफ्नो पद स्थगनको घोषणा गरेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै थापाले लेखा समितिको निर्णय बमोजिम दुई महिनाका लागि आफूले गर्दै आएको काम स्थगन पद स्थगनको घोषणा गरेका हुन् ।
अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिइएको छ । उनले भनेका छन्-एन्फामा गर्ने दैनिक काम स्थगन भएको हो । यो समयमा कुनै न कुनै रुपमा फुटबलमा सहयोग पुर्याउने काम गर्छु ।
आफू थप जवाफ दिन सक्ने अवस्थामा नरहेको भन्दै उनले पत्रकारहरुको प्रश्न लिन अस्वीकार गरेका छन् ।
http://www.onlinekhabar.com
No comments:
Write comments