एजेन्सी । प्राय मानिसहरु मोटोपनले चाडैै मृत्युको नजिक लान्छ भन्ने भयवाट ग्रस्त छन् तर वैज्ञानिकहरुले गरेको नँया शोधका अनुसार जति खतरा मोटोपनलाई लिइन्छ वास्तवमा त्यो भने नपाइएको बताएका छन् । न्यू इंगलेन्ड जर्नल अफ मेडीसिनमा छापिएको एक शोधका अनुसार ३,२४,१५३ वयस्क मानिसहरुलाई १२ वर्षों सम्म परीक्षण गरिएको थियो।
जाच वाट मोटापनले मर्ने मानिसको संख्या सामान्य रह्यो र यसवाट कुनै विशेष खतराको स्थिति पनि रहेन । जब मानिसको उमेर बढ्दै जान्छ यो खतरा कम हुदै गएको पाइयो । ६५ वर्षको उमेर पुग्दा यो खतरा नगन्य रहयो र ७४ वर्षको उमेरमा मोटोपनवाट मर्नेको सङख्संया शुन्य भयो।
यस अध्ययनले शरीरको अधिक भारले चाडै मर्ने खतरा छैन भन्ने कुरालाई प्रमाणित गरेको छ । यस शोध अध्ययनलाई लिएर वैज्ञानिकहरु विच दुई वटा राय रहेको छ । केहि बैज्ञानिकहरु रोगिहरुलाई अधिक मोटो हुदा स्वास्थ्य राम्रो भन्नु नहुने कुरा राखे भने केहि वैज्ञानिकहरुले मोटापनलाई खतरा भनेर मानिसहरुलाई तनाव दिनुनहुने तर्क गर्दछन् ।
http://www.hamrakura.com
No comments:
Write comments