सन् २०१४ अगष्ट सम्म ईपीएसमार्फत पाँच हजार दुई सय नेपाली कामदार कोरिया पुगिसकेका छन् । सन् २०१३ मा पाँच हजार दुई सय २३ कामदार कोरिया गएका थिए । बाँकी अवधिमा एक हजार तीन सय बढी नेपाली कामदारको माग कोरियाबाट आउने अनुमान ईपीएस कोरिया शाखाको छ । यति माग आए गत वर्ष भन्दा २५ प्रतिशत वृद्धि हुन आउँने कारोबार दैनिकले खबर छापेको छ ।
ईपीएस कोरिया शाखाको प्रमुख डिल्लीराम बाँस्तोलाले अवैध नेपाली कामदारलाई निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै कामदार पठाउँने प्रक्रियामा पनि नेपाल उत्कृष्ट घोषणा भएकोले दक्षिण कोरियाबाट कामदारको माग बढेको बताए । सन् २०१३ मा दक्षिण कोरियाले १५ स्रोत मुलुक मध्ये पारदर्शी, न्यून लागत र छिटो तथा सहज ढंगले कामदार पठाएको भन्दै नेपाललाई पुरस्कृत गरेको थियो । ‘गत वर्षको माग बराबर यो वर्षको नौ महिनामै आइसकेको छ,’ उनले भने-’तीन महिनामा अझै माग आउन सक्छ ।’
दक्षिण कोरियाले यो वर्षको अन्तिम कोटा अक्टोबरबाट दिने भएको छ । दक्षिण कोरियाले छुट्याएको मध्ये १० हजार कोटा बाँकी छ ।
www.onlinekhabar.com
No comments:
Write comments