मानिसको सोंच कस्तो छ भन्ने कुरा उसका आनीबानीबाट पत्ता लगाउन सकिन्छ । मानिसका बानी उसको ब्यक्तित्वको ऐना नै हो भन्दा पनि हुन्छ । शास्त्रका अनुसार कतिपय सामान्य लाग्ने आनीबानी पनि अशुभ मानिन्छन् ।
यहाँ त्यस्तै केही आनीबानीको चर्चा गरिएको छ जुन अशुभ मानिन्छन् ।
नुहाएपछि बाथरुममा गर्न नहुने काम
नुहाइ सकेपछि बाथरुममा कपडा यता उता फाल्ने गर्नु भएको छ भने यो अशुभ काम हो । बाथरुममा फोहोर गरेर राख्दा पनि चन्द्रफलका कारण अशुभ फल प्राप्त हुने बताइन्छ । बाथरुममा नुहाइसकेपछि फोहोर गरेर नछोड्नुस् ।
खुट्टा घिसारेर हिँड्ने बानी खराव
कुनै पनि ब्यक्तिले जमिनमा खुट्टा घिसारेर हिँड्छ भने त्यस्तो हिँडाइ अशुभ मानिन्छ । यसो गर्दा राहूका कारण अशुभ फल प्राप्त हुन्छ ।
खाना खाएर थाल छोड्ने बानी
राति सम्म जाग्नु अशुभ
यदि कुनै ब्यक्ति विना कामले राति सम्म अनिदो बस्छ भने त्यस्तो ब्यक्तिलाई चन्द्रदोष लाग्छ । अशुभ फल प्राप्त हुन्छ । यस्ता ब्यक्तिले मानसिक तनाव पनि झेल्नु पर्छ । राति सम्म अनिदो बस्ने ब्यक्तिलाई अर्को दिन पनि समस्या हुन्छ ।
पाहुनालाई चिसो पेय पदार्थ दिनुस्
घरमा आएको पाहुनालाई जहिले पनि चिसो पेय पदार्थ दिनु शुभ मानिन्छ । यसो गर्दा राहु दोष काटिन्छ ।
घरमा आएपछि चिसो पानीले मुख धुनुस्
बहिर बाट आएपछि चिसो पानीले मुख धुनुस् यसले मनमा शान्ति ल्याउँछ र शुभ पनि मानिन्छ ।
No comments:
Write comments