top_rightads

Tuesday, September 2, 2014

टाउको पछाडी झुण्डिएको छ, तर विश्व प्रसिद्ध (तस्विर सहित)

 


एजेन्सी ।



ब्राजिलका मोन्टे कार्लोमा बस्ने यी पुरुषलाई देख्दा जो कसैलाई पनि आश्चर्य लाग्छ । किन भने क्लोडियो वियरा डी अलिवेरा नामका यी ब्यक्तिको टाउको पछाडी झुण्डिएको छ । यिनलाई हिँड्न त के ह्विल चियरमा समेत बस्न समस्या हुन्छ ।

अहिले यिनी ३७ वर्षका छन् । जन्मिने सममयमा क्लोडियोलाई श्वासप्रश्वासमा समेत समस्या हुन्थ्यो । डक्टरले यिनलाई खान नदिएर मर्न छोडिदिन बाबुआमालाई सल्लाह दिएका थिए ।
तर उनकी आमाको मनले त्यसो गर्न मानेन । परिवारको मायाले क्लोडियो बाँचे । स्कुल समेत गए । शरीर नै पूर्ण नभएका यिनी पढाइमा भने अब्बल सावित भए ।

विश्वविद्यालयस्तरको पढाइ सकेर अहिले क्लाउडियो अकाउण्टेन्ट छन् ।
उनी अहिले अकाउन्टेन्ट मात्र होइन मानिसहरुलाई प्रेरणा दिनका लागि प्रवचन दिने ब्यक्ति समेत बनेका छन् । उनको प्रवचन सुन्न मानिसहरुको भिड लाग्छ ।

उनले जीवनलाई सकारात्मक सोंच राखेर जिउन प्रेरणा दिन्छन् । जोर्नीहरुमा समस्या हुने एक प्रकारको रोगबाट पीडित क्लोडियो बच्चा बेलामा सामान्य देखिने उनकी आमा बताउँछिन् ।
यो रोग लागेपछि शरीर अनौठोरुपमा विकाश हुन्छ ।
nepaliheadlines.com

No comments:
Write comments