Tuesday, September 2, 2014
नेताहरुले चुनाव जितेपछि फर्केर नहेरेकाे गुनासो
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकखण्ड सुधारका लागि पटक पटकको निर्वाचनमा दलका नेताहरुले आश्वासन दिएपनि चुनाव चितेपछि सो सडकको बारेमा नाम समेत लिन नचाहेका कारण सडकको अवस्था झन नाजुक बन्दै गएको स्थानियहरुको गुनासो छ ।
सडकमा गाडी गुडाउन र यात्रा गर्न ज्यान खुकुरीको धारमा राख्नुपर्ने बाध्यता छ । यातायात सेवा अवरुद्धका कारण सो क्षेत्रका सरकारी कामकाजका लागि सदरमुकाम आउने सरकारी कर्मचारीहरु, व्यापारी, उद्योगपति, विद्यार्थी लगायत सर्वसाधारण मार्कामा परेका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगर देखि बेल्डाँडी सम्म ३० किलोमिटर उक्त सडक दैजी देखी बेल्डाँडीसम्म २०किलोमिटर मात्रै कच्ची छ । सो कच्ची सडक भएका कारण वर्षनी दक्षिणी क्षेत्रका जनताहरु मारमा परेका छन् ।
महिला, बालबालिका, अपाङ्ग, बिरामी, बृद्धबृद्धाहरुलाई यो सडकमा यात्रा गर्न बढि जोखिम छ । सडक सुधारका लागि भन्दै जिल्ला विकास, महाकाली सिँचाईले हरेक वर्ष कनिका छरेजस्तै ग्राभिल हाले पनि सडकको अवस्था सुध्रिएको छैन् । कच्ची सडक भएका कारण दक्षिणी जनताहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
यसैबीच,, सडक निर्माणका लागि गठिन संघर्ष समितिले हस्ताक्षर संकलन गरिरहेको छ । सडकखण्ड सुधारका लागि जनताबाट हस्ताक्षर संकलन गरि सम्बन्धीत निकायहरुमा दबाव दिने उदेश्यका लागि दैजी–बेल्डाँडी सडक सुधार संघर्ष समितिले हस्ताक्षर अभियान शुरु गरेको हो ।
nepaliheadlines.com
No comments:
Write comments