top_rightads

Saturday, October 25, 2014

अन्तरिक्षबाट हेर्दा यस्तो देखियो सगरमाथा, विदेशीले सगरमाथा अग्लो देख्न थाले

 



संसारले माउन्ट एभरेष्टका रुपमा चिन्ने अग्लो हिमाल सगरमाथको तस्विर नासाको एउटा स्याटेलाइटले खिचेको छ।
अन्तरिक्षमा रहेको नासाको स्याटेलाइट नासा अर्थ अबजर्भेटरीले अघिल्लो महिना सगरमाथाको तस्विर खिचेको हो।

अन्तरिक्षबाट खिचिएको तस्विरमा सगरमाथा हिउँको ससना थुम्का जस्तो देखिएका छ।
सगरमाथा निर्माण ४० करोड वर्ष अघि शुरु भएको थियो। भारति उपमहादीप एशियासंग ठोक्किदाँ सगरमाथा बनेको थियो।

सगरमाथाको उत्तरपुर्वी, दक्षिणपुर्वी र उत्तरपश्चिम गरी तीनवटा मोहडा रहेको छ ।
दक्षिणपुर्वी मोहड सगरमाथा आरोहणका लागि धेरैपटक प्रयोग गरिने गरेको छ।

सन १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ शेर्पाले यही मोहडाबाट सगरमाथा आरोहण गरेका थिए।
सन २०१२ मार्चसम्मको तथ्याङक अनुसार ५ हजार ६ सय ६५ पटक सगरमाथा आरोहण भइसकेको छ । आरोहणका क्रममा २२ जनाले ज्यान गुमाएका छ्न्।


नेपालमा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर लेखिने गरेको भए पनि विदेशी सञ्चारमाध्यमले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर लेख्ने गरेका छण्।


 http://nepaliheadlines.com

No comments:
Write comments