top_rightads

Wednesday, October 22, 2014

क्यानाडाको संसद भवन अगाडि गोली हानाहानमा दुई जना मारिए

 

काठामाडौं, कार्तिक ६ । क्यानाडाको संसद भवन अगाडि भएको गोली हानाहानमा दुई जना मारिएलगत्तै प्रधानमन्त्री स्टेफेन हार्परले आक्रमणबाट आफ्नो देश नडराउने बताएका छन् ।
संसद भवन अगाडि भएको घटनामा एक सुरक्षाकर्मी र एक जना बन्दूकधारी मारिएका थिए । संसद चलिरहेको बेला सुरक्षाकर्मीलाई गोली हानेर बन्दूकधारी संसद भवनभित्र घुसेको थियो । पछि सुरक्षा कार्वाहीमा आक्रमणकारी मारिएको थियो ।

प्रधानमन्त्री हार्परले आफ्नो जमीनमा आक्रमणको षडयन्त्र रच्नलाई कुनै हालतमा नछाड्ने चेतावनी पनि दिनुभएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि घटनालाई क्रूरताको संज्ञा दिँदै यसविरुद्ध सजग रहनुपर्ने टिप्पणी गरेका छन् ।
राजधानी ओटावास्थित संसद भवन अगाडि मारिने बन्दूकधारी माइकल जिहाफ बेब्यू रहेको प्रहरीले जनाएको छ । उक्त समयमा प्रधानमन्त्री स्टेफेन हार्परले सांसदहरुलाई सम्बोधन गरिरहेका थिए  । घटनामा एकभन्दा बढी व्यक्ति सामेल भएको आशंकामा राजधानी अटोवामा सुरक्षा सतर्कता बढाइएको छ ।
शहरका विभिन्न भवन, ओटावा विश्वविद्यालय, अमेरिकी दूतावासलगायतका कार्यालय बन्द गरिएको थियो । बन्दूकधारी कुन संगठनसँग सम्बन्धित रहेको भन्ने खुलेको छैन ।
यसअघि सोमवार मात्र अर्को यस्तै घटनामा क्यूबेक प्रहरीको कार्वाहीमा एक जना मारिएका थिए । मुसलमान धर्म मान्ने उक्त व्यक्तिले जानाजान दुई सैनिकमाथि आक्रमण गर्दा एक सैनिक मारिएका थिए भने अर्का सैनिक घाइते भएका थिए ।



http://imagekhabar.com

No comments:
Write comments