Monday, October 27, 2014
पोखरामा बन्ने भयो अन्तराष्ट्रिय विमानस्थल : बधाई छ पोखरा बसिहरुलाई
काठमाडौं- बिगत ४० बर्ष देखि बहसको बिषय रहदै आएको 'पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल' अन्ततः बन्ने पक्का भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चिनिया कम्पनी र नागरिक उडडयन प्राधिकरण बीच भएको सम्झौताका आधारमा गरेको प्रस्ताबित रकम अनुमोदित गरेको हो । नागरिक उडडयन प्राधिकरण बीच गत जेष्ट ८ गते सम्झौता भएको थियो ।तर अहिले सम्म बिबिध कारण देखाउदै प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।
सम्झौता भएको लामो समयसम्म मन्त्रीपरिषदले अनुमोदन नगर्दा थप काम अगाडि बढ्न सकेको थिएन् । पर्यटन मन्त्रालयको सक्रियतामा भएको सम्झौताको लागतप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएपछि केही अर्थमा पनि यो फाइल रोकिएको थियो अनन्त, सरकारले यो निर्णय गरेको छ ।
सरकारको यस निर्णय पछि, 'पोखरा अन्तराष्ट्रिय विमानस्थल' निर्माण समितिका संयोजक तथा विकास समिति सभापति सभापति, सभासद रविन्द्र अधिकारीले भने 'जे जति कारणले रोकिएको भए पनि अब निर्माणको बाटो खुलेको छ, पोखरेली जनताको ४० बर्षे सपना,बिभिन्न अबरोध लाइ पार गर्दै साकार हुने भएको छ । यसले नेपालको पर्यटन क्षेत्रको बिकास मात्र हैन, सम्पूर्ण मुलुककै आर्थिक बिकासमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।'
सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत उपलब्ध गराउने भएको छ । विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने जनाएको छ ।
पोखरेलीहरुले पोखरामा विमानस्थल निर्माणमा ढिलाई हुन नदिन दबाब र्याली,अनसन लगाएतका कार्यक्रमहरु गर्दै आएका थिए ।
www.onlinedainik.com
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments