Monday, October 27, 2014
आज २०७१ साल कार्तिक ११ गते मंगलबारको दैनिक राशिफल
मेष (चू चे चो ला ली लु ले लो अ)
उल्झन र झन्झटको सामना गर्नु पर्नेछ । हातमा आइसकेको धन गुम्न सक्ने तर्फ सजग हुनुपर्ला । सामाजिक प्रतिकारको सिकार हुनुपर्ला । अरुलाई गरेको गुनको बदला धोका पाउनु होला । मनमा अशान्ति हुनेछ । शारीरिक कष्ट हुनेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
मानसिक विचलनले कार्य निर्णयमा समस्या आउने छ । कर्मक्षेत्रमा आएका विवादहरु अझ बढ्ने छन् । सार्थक परिणाम आउने बाटामा तगाराहरु आउलान् । भनाइ र गराईमा आएका खाडलले समस्या प्रदान गर्नेछ । सामाजिक कार्य फलदायी बन्ला ।
मिथुन (का कि कु घ ङ छ के को हा)
मानसिक चिन्ता बढ्ने छ । सानातिना कुरामा विवाद हुन सक्नेछ सावधान रहनु होला । विवादित भूमिको कारोवारमा समस्या थपिने छ । मेसिनरी बस्तुको घात रहला । स्वास्थ्य प्रतिकूल रहने देखिएको छ । समाजका मान्यजनबाट अन्याय होला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक व्यय भार समाप्त भै आय आर्जनका अवसर हात पर्ने छन् । नोकरीमा पदोन्नती होला । पढाइ लेखाइमा रुची हुनेछ । नसोचेका व्यक्तिबाट सहयोग हुने समय छ । बोलीको कारण सम्मान मिल्नेछ । सामाजिक उत्तरदायित्व बोध हुनेछ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
मानसिक सोच कार्य रुपमा परिणत हुनेछ । सकारात्मक सोचले सफलता दिनेछ । आफन्तबाट उपयोगी सुझाव सल्लाह प्राप्त हुने छन् । अरुको दुःखमा दुःखी बनिने छ । भेटघाट, भलाकुसारीमा दिन बितेको थाहै हुने छैन । धार्मिक कार्यमा रुची हुनेछ ।
कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
लामो यात्रा फलदायी बन्ने देखिएको छ । नसोचेका कुरामा खर्च होला । मितेरी सम्बन्ध विकसित हुनेछ । ब्यापार सोचे जस्तै फलदायी होला । मनमा केही नयाँ गर्ने उत्कण्ठा जाग्ने छ । परीक्षा प्रतियोगितामा अनपेक्षित परिणाम हात पर्नेछ ।
तुला (र री रु रे रो ता ती तू ते)
आर्थिक व्यय भार बढ्ने छ । सामाजिक विसङ्गतिको कारण काम गर्न गाह्रो हुनेछ । व्यक्तिगत आशक्तिले जरा गाड्ने छ, आफूलाई सम्हाल्नु होला । अरुको काममा ब्यस्त रहे पनि जश नमिल्नु चिन्ताको बिषय बन्ने छ । रोजगारीका अवसर गुम्ने छन् ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
मनमा केही गर्ने आशा र भरोशा विकसित हुनेछ । सबैको सहयोगले आशातित सफलता हात पर्ने छ । सामाजिक प्रतिष्ठा मिल्ने छ । रोक्किएका काम बन्ने छन् । पारिवारिक झमेला अन्त्य भै सौहार्दपूर्ण वातावरण विकसित होला ।
धनु (य यो भा भी भू ध फा ढ भे)
बहुमूल्य बस्तु गुम्ने बेला छ, सावधान हुनु होला । काममा पछि बस्ने प्रवृतिका कारण प्रतिफल शुन्य हात लाग्ने छ । अरुका कुरालाई केयर नगर्दा गम्भिर परिणाम भोग्नु पर्ला । कार्यक्षेत्रमा असमझदारी हावी बन्ने छ । मिलन बिन्दु पहिल्याउनु जरुरी रहेको छ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
आत्मबल उच्च रहने छ साथै निर्णायक भूमिकामा रहनु उपयुक्त हुनेछ । सोचेका काम बन्ने छन् । हित चिन्तकहरु बढ्ने छन् । तार्किक क्षमता प्रवल रहने छ । अलङ्कार आभूषण आदिको प्राप्ति योग रहेको छ । अभिभावकको कुरा माने सफल बनिने छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
सामाजिक उत्तरदायित्व मिल्ने छ । पारिवारिक सुख मिल्ने छ । जग्गा जमिनको कारोवार गरे शिद्ध हुनेछ । तपाईका आलोचकहरु कमजोर हुने छन् । अरुको गरिमालाइ उच्च महत्व दिएबाट प्रतिष्ठा बढ्ने छ । अरुको भलाइमा समर्पित भइने छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
सन्तानको मार्गबाट खुसियाली छाउने छ । सरकारी कार्यमा सफलता मिल्ने छ । आर्थिक बाटाहरु सम्वृद्ध हुने छन् । रोक्किएका काम बन्ने छन् । घरमा धार्मिक अनुष्ठानादि सम्पन्न हुने छन् । तपाईका हित चिन्तकहरु बढ्ने छन् । काममा जाँगर लाग्ने छ ।
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments