Sunday, October 26, 2014
म निर्देशक बन्न सक्दिन : शाहरुख खान
शाहरुख खानको लगानीमा बनेको ‘ह्याप्पी न्यु इयर’ बलिउडकै सबैभन्दा महंगो फिल्म मानिन्छ । निर्माता शाहरुखले पैसा खर्च गर्न पटक्कै कन्जुस्याइ गरेका छैनन् ।
यस फिल्मको अधिंकाश सुटिङ दुबइमा भएको थियो भने अन्तराष्ट्रिय स्ट्यण्डर्डको स्पेशल इफेक्ट प्रयोग गरिएको छ । फिल्मको प्रमोशनकै लागि निर्माता निर्देशक अमेरिका, बेलायत जस्ता महंगा शहरमा उपस्थित मात्रै भएनन्, त्यहाँ भएका सर्वाधिक महंगा हलमा कार्यक्रम समेत गरे । फिल्मका लागि यसरि मरिमेट्ने कलाकार शाहरुखले निर्देशनमा भने अहिलेसम्म चासो देखाएका छैनन् ।
उनी फिल्म उद्योगमा सक्रिय भएको २५ वर्ष पूरा भयो तर, अझै निर्देशनको योजना सार्वजनिक गरेका छैनन् । सहकर्मी नायकहरु धमाधम निर्देशनतिर लागिसक्दा शाहरुख भन्छन ‘म मा अझै आत्मविश्वासको कमी छ । अहिल्यै निर्देशन गर्न सक्छु जस्तो लाग्दैन ।’ फराहसँग सिक्न बाँकी नै छ निर्देशक फराहसँग बढी नै प्रभाबित रहेछन् शाहरुख । फराहसँग निर्देशनको वारेमा आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताए उनले । ‘फराहमा जस्तो आत्मविश्वास म मा छैन । उनी दशहजार मान्छे भएको सिनलाई पनि हेलिकोप्टरवाटै हेरेर सुट गर्न सक्छिन् तर, म त्यस्ता सिन कसरि राम्रो, कसरि नराम्रो छुट्याउन सक्दिन ।’ शाहरुखको भनाइअनुसार निर्देशन गर्नका लागि सबै भन्दा ठुलो आत्मविश्वास हो ।
उनमा त्यो आत्मविश्वासको कमी छ । आफुमा आत्मविश्वास नहुँदा कहिलेकाहिँ दुःख लागे पनि असन्तुष्टि भने नभएको बताए । निर्देशनमा पुरुषहरुको वर्चश्व रहेको बेला फराहले अलग ठाउँ बनाएको भन्दै शाहरुखले भने ‘अहिले फराह एक मात्र सफल महिला निर्देशक हुन् उनलाई आम भारतीय दर्शकले आमा, दिदी बहिनीको सम्मान दिएका छन् ।’ शाहरुखले फिल्ममा लगानी गर्न थालेको केही वर्ष भयो । ‘फिर भि दिल है हिन्दुस्तानी’, अशोका, रावन लगायतका फिल्ममा उनले लगानी गरेका थिए ।
www.onlinekhabar.com/2014/10/
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments