Monday, October 27, 2014
मरेपछि पनि अरबौं कमाउने यी भाग्यमानीहरु : साढे १३ अर्ब कमाउँछन् माइकल ज्याक्सन
(एजेन्सी) पपका राजा भनेर चिनिने माइकल ज्याक्सन मरेको पाँच वर्ष भइसक्यो तर पनि उनी अहिले पनि अर्बौं रुपैयाँ कमाउने गरेको चर्चित पत्रिका फोब्र्सले जारी गरेको रिपोर्टले देखाएको छ ।
उक्त पत्रिकाका अनुसार सन् २०१४ मा माइकल ज्याक्सन १४० मिलियन डलर (लगभग साढे १३ अर्ब नेपाली रुपैयाँ) कमाउँदै शीर्ष स्थानमा रहन सफल भए ।
सन् २०१३ मा सर्वाधिक आम्दानी गरेका एल्भिस प्रिस्लेलाई लगभग दोब्बर कमाईले पछि पार्दै माइकलले यस वर्ष शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् ।
उनको मृत्यु पछि रिलिज गरिएको एल्बक एस्केपले गर्दा उनको आम्दानीमा यत्रो वृद्धि भएको हो । दोस्रो स्थानमा रहेका एल्भिसले ५० मिलियन डलर आम्दानी गरे ।
तेस्रो स्थानमा ४० मिलियन डलरको कमाई सहित कमिडियन चाल्र्स सल्ज रहन सफल रहे ।
चौंथो र पाँचौं स्थानमा २५ मिलियन र २० मिलियन डलर कमाई सहित एलिजावेथ टेलर र बब मार्ली रहे ।
टेलरको सन् २०११ मा मृत्यु भएको थियो भने मार्ली ३६ वर्षको उमेरमा सन् १९८१मा संसारबाट बिदा भएका थिए ।
बिटलका गायक जन लेनन जम्मा १२ मिलियन डलर कमाउँदै सातौं स्थानमा रहन सफल भए ।
फोब्र्सको सूचीमा सामेल गरिएका १३ सेलिब्रेटीहरुले गत वर्ष ३६३.५ मिलियन डलर कमाएका थिए
www.ratopati.com/2014/10/27/
No comments:
Write comments